रोहिणी रोडमा मोटर बाईक दुर्घटनामा एकको मृत्यु एक घाइते

Share this news

खरसाङ, (मोहन प्रसाद): रोहिणी रोडमा भएको एउटा मोटर बाईक दुघर्टनामा बाइकमा फलाकाटा निवासी बाईक सवार स्वपन शाहको घटनास्थलमा नै मृत्यु भएको छ भने तिनीसित बाइकको पछिल्लो सीटमा बसेकी तिनको महिला मित्र गम्भीर रूपमा घाइते बनेकी छिन्‌‍। प्राप्त जानकारी अनुसार, बुधवार बिहान सिलगढ़ीबाट फलाकाटा निवासी मृतक स्वपन शाह आफ्नो दुई जना अन्य साथीहरू संग दुईवटा बाइकमा सवार भएर रोहिणी रोड स्थित “आई लभ खरसाङ“ बाट सूर्योदय हेर्नु साथै उक्त क्षेत्रबाट देखिने मनोरम दृश्यको आनन्द उठाउनु आएका थिए । यस अवधि सूर्योदयको दृश्य अवलोकन गरेपछि तिनै जना मित्रहरू आफ्नो गन्तव्यतिर फर्किरहेका थिए । यस अवधि एक जना मित्र सुदिप रोय एउटा बाइकमा अघि-अघि कुदिरहेका थिए भने तिनको पछि-पछि अर्को बाइकमा मृतक अनि तिनका महिला मित्र सिलगढ़ी तर्फ उत्रिरहको थिए। यस अवधि “आई लभ खरसाङ“ को लगभग दुई किलोमिटर मुनि पछिबाट आइरहेको एउटा पिकअप भ्यानलाई साइड दिने क्रममा बाइक दुर्घटना ग्रस्त भएको जानकारी पाइएको छ। पछि स्थानीयहरूको सहयोगमा दुर्घटनामा घाइते अनि मृतकको शव खरसाङ महकुमा अस्पतालमा ल्याइयो। पोस्टमार्टमपछि शवलाई परिजनलाई सुम्पिएको छ भने घाइते महिला मित्रलाई खरसाङ अस्पतालबाट उत्तर बंगाल मेडिकल कलेज अनि अस्पतालमा रेफर गरियो। स्मरण गराइन्छ, रोहिणी रोड गत 4 अक्टोबरको पैह्रोपछि बन्द रहेको छ भने रोहिणी, सिरुबारी, आईलभ खरसाङसम्म सिलगढ़ी अनि संलग्न क्षेत्रबाट पर्यटकहरू घुम्न आउने गरेका छन्‌‍। यसरी घुम्न आएका पर्यटकहरू रोहिणी अनि सिरुबारीको विभिन्न स्थानमा घुमेर तुरुन्तै फर्किने गरेका छन्‌‍ भने कतिपयले रोहिणीको विभिन्न स्थानमा घुम्दै समय बिताएर फर्किने पनि गरेका छन्‌‍। यी तीन पर्यटकहरू पनि रोहिणीदेखि केही माथि सिरुबारी नजिक गौरी शंगर चिया बगान क्षेत्रमा रहेको आईलभ खरसाङ डाँड़ामा सूर्योदयको दृश्य हेर्न आएका बताइएको छ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ