टिस्टा र रङ्गीतले साँध-सीमा छुट्टाए पनि हाम्रो आत्मा छुट्याउन सक्दैन: मुख्यमन्त्री गोले

Share this news

दार्जीलिङ,23 दिसम्बर(निसं): दार्जीलिङ तथा सिक्किमको सीमालाई टिस्टा र रङ्गीतले छुट्टाएको भए पनि दुबै क्षेत्रमा बसोबास गर्नेहरुको आत्मा कुनैदिन छुट्याउन नसक्ने सिक्किमका मुख्यमन्त्री प्रेमसिह तामाङले बताएका छन। सोमबार व्याक्तीगत रूपमा दार्जीलिङमा आयोजना गरिएको एक कार्यक्रममा भाग लिन आइपुगेका  मुख्यमन्त्री तामाङले भने, दार्जीलिङ तथा सिक्किमको राजनैतिक धरातल भिन्न-भिन्नै भएपनि दुवै क्षेत्रमा बसोबास गर्ने मानिसहरुको आत्मा एउटा छ। जो जन्म-जन्मान्तरसम्म चल्नेछ। उनले अझ भने, दार्जीलिङ तथा सिक्किमको सम्बन्ध नङ र मासु सरह छ। प्रशासनिक एवं राजनैतिक बाहेक सास्कृतिक, धार्मिक, शैक्षिक, भाषिक लगायत सम्पुर्ण कुरामा नै एक अनि एकतामा छ। यति मात्रै होइन दार्जीलिङलाई पर्दा सिक्किम तथा सिक्किमलाई आइपर्दा दार्जीलिङ सदैव खडा छ। जसले केवल हामी प्रशासनिक एवं राजनैतिक रूपमा अलग्गै हौ, तथापि आत्मीयता भने कदापि कम होइनन् भन्ने सन्देश दिँछ। यसका साथमा मुख्यमन्त्री गोले आफु आफ्नो व्यक्तिगत भ्रमणमा दार्जीलिङ आएको तथा आफुलाई दार्जीलिङको राजनीतिमा कुनै चासो नरहेको तथा नराख्ने समेत स्पष्ट बताए। कार्यक्रमको सम्बोधनमा उनले अझ भने, म मुख्यमन्त्री होइन जनसेवक भएर काम गर्न चहान्छु। राजनैतिक बाहेक परेको बेला म कुनैदिन साँध-सीमा कुनैदिन  छुट्टाउदिन। यसको साथमा आफुले कुनैपनि कामलाई मनभित्रबाट गर्ने बताउदै केवल औपचारिकलाई विश्वास नगर्ने बताए। दार्जीलिङमा आफुले दार्जीलिङ सरकारी कलेजमा बिताएको पुरानो दिनहरुलाई स्मरण गर्दै गोलेले भने, मेरो दार्जीलिङसँग कलेज पढदादेखि नै अत्यन्तै आत्मीय सम्बन्ध छ। जतिबेला निनिको दोकानमा खाएको मोमोलाई हालसम्म पनि नभुलेको तथा अहिले पनि दार्जीलिङ आउँदा त्यस दोकानको मोमो खाएर नै जाने समेत मुख्यमन्त्री गोलेले बताए।
विशेष कार्यक्रममा सोमबार दार्जीलिङ-सिक्किम डायसिस प्रमुक विशप स्टेफन लेप्चाको जन्मदिनमा उपस्थिति हुनु पाउनु आफ्नो निम्ति अहोभाग्य रहेको महसुस गरेको तथा विशपले देखाएको बाटोलाई समाजले अनुशरण गर्नुपर्ने समेत मुख्यमन्त्री गोलेले बताए।

Share this news
आजको रोजाइ
गोर्खाल्याण्ड प्राप्तिको संघर्ष गर्ने उर्जा प्राप्त भएको छ: जितेन राई

गोर्खाल्याण्ड प्राप्तिको संघर्ष गर्ने उर्जा प्राप्त भएको छ: जितेन राई

फाटापुकुरको शारदामणि उविमा माता शारदाको १७३औँ जयन्ती

फाटापुकुरको शारदामणि उविमा माता शारदाको १७३औँ जयन्ती

सरिफ ओस्मान हादीको हत्यापछि बंगलादेशमा बढ्दो अशान्ति

सरिफ ओस्मान हादीको हत्यापछि बंगलादेशमा बढ्दो अशान्ति

सिलगढी-दार्जीलिङ ट्याक्सी विवाद चर्कियो, यात्रुहरू पर्ने मर्कामा

सिलगढी-दार्जीलिङ ट्याक्सी विवाद चर्कियो, यात्रुहरू पर्ने मर्कामा

पाँच ‘ज’ र एक ‘जाँगर’ले बनेका किसान

पाँच ‘ज’ र एक ‘जाँगर’ले बनेका किसान

युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

विद्याज्योति अकादमी बिजनबारीको स्थापना दिवस भव्य पालन

विद्याज्योति अकादमी बिजनबारीको स्थापना दिवस भव्य पालन

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?

विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

आजको रोजाइ