Springdale Academy's Annual Awards and Honors Program

स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण र सम्मान कार्यक्रम

Share this news

तीनधारे महानदी समष्टिको सिविटार चियाबारीमा रहेको स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण समारोह साथै सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता स्कूलका प्राचार्य शरणकुमार राईले गरेका थिए भने प्रमुख अतिथिको रुपमा पूर्व प्रधान अध्यापक, पूर्व पञ्चायत प्रधान एवं महानदी सिविटार वरिष्ठ नागरिक कल्याण समाजको मुख्य सल्लाहकार जुध्द शमशेर छेत्री उपस्थित रहेका थिए। शिक्षिकाद्वय ईशा राई र सुनिति घिसिङले सञ्चालन गरेको कार्यक्रममा स्कूलको वार्षिक प्रतिवेदन र विवरण प्राचार्य शरणकुमार राईले राखेका थिए। कार्यक्रममा विद्यार्थीहरुले सामुहिक गीतहरु प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा स्कूलका प्रि नर्सरीदेखि चौथो श्रेणीसम्मका विद्यार्थीहरुलाई शैक्षिक सत्र 2025 को वार्षिक परीक्षाको‌ परिणाम र पारितोषिकहरु वितरण गरियो। उक्त वितरण कार्यक्रमको विशिष्ठ अतिथिहरु क्रमैले वरिष्ठ नागरिकहरु शमशेर छेत्री, जगनाथ छेत्री, दुर्गाप्रसाद तामाङ र पूर्व शिक्षक हनोक थापा र पूर्व शिक्षिका अमृता राईको बाहुलीबाट गरिएको थियो। यसको साथै विभिन्न प्रतियोगितामूलक कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई पनि पारितोषिक वितरण गरिएको थियो। यसै क्रममा स्कूलमा वर्षभरि नियमित स्कूल आउने विद्यार्थी अभियोग राईलाई पनि पुरस्कृत गरिएको थियो। यसको साथै चौथो श्रेणीबाट पास आउट भएर गएका तीनजना विद्यार्थीहरु क्रमैले सुमन छेत्री, संस्कृति छेत्री र अनिकेत छेत्रीलाई सम्मान पत्र प्रदान गरेर सम्मानसहित बिदाई दिइएको थियो। यसै कार्यक्रममा स्प्रिङडेल एकाडेमीको पूर्व शिक्षिका अमृता राई, पूर्व शिक्षकद्वय असीत राई र हनोक थापालाई सम्मान पत्र र शल‌ ओढाएर सम्मान जनाइएको छ। कार्यक्रममा उपस्थित प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई पनि स्कूलको पक्षबाट सम्मान जनाइएको थियो। यस वार्षिक कार्यक्रम र सम्मान कार्यक्रम विषयमा एकाडेमीको प्राचार्य शरणकुमार राईले विस्तृत रुपमा जानकारी गराएका थिए।


Share this news
आजको रोजाइ
गोर्खाल्याण्ड प्राप्तिको संघर्ष गर्ने उर्जा प्राप्त भएको छ: जितेन राई

गोर्खाल्याण्ड प्राप्तिको संघर्ष गर्ने उर्जा प्राप्त भएको छ: जितेन राई

फाटापुकुरको शारदामणि उविमा माता शारदाको १७३औँ जयन्ती

फाटापुकुरको शारदामणि उविमा माता शारदाको १७३औँ जयन्ती

सरिफ ओस्मान हादीको हत्यापछि बंगलादेशमा बढ्दो अशान्ति

सरिफ ओस्मान हादीको हत्यापछि बंगलादेशमा बढ्दो अशान्ति

सिलगढी-दार्जीलिङ ट्याक्सी विवाद चर्कियो, यात्रुहरू पर्ने मर्कामा

सिलगढी-दार्जीलिङ ट्याक्सी विवाद चर्कियो, यात्रुहरू पर्ने मर्कामा

पाँच ‘ज’ र एक ‘जाँगर’ले बनेका किसान

पाँच ‘ज’ र एक ‘जाँगर’ले बनेका किसान

युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

विद्याज्योति अकादमी बिजनबारीको स्थापना दिवस भव्य पालन

विद्याज्योति अकादमी बिजनबारीको स्थापना दिवस भव्य पालन

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?

विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

आजको रोजाइ