एसके मोक्तानको अनुशीलन- कविता सङ्ग्रह लोकार्पण

Share this news

 रेलिङ, 16 नोभेम्बर (निसं): रेलिङ भेल्ली नमस्कार कल्याण संघको मुख्य आयोजनामा आज शिक्षक तथा सर्जक एसके मोक्तानको पहिलो कविता सङ्ग्रह अनुशीलन-को विधिवत् रूपमा लोकार्पण गरिएको छ। स्थानीय रेलिङ उच्चतर माध्यमिक विद्यालयको प्रेक्षगृहमा डा. कमल पोखरेलको सभापतित्वमा तथा कवि शारदा स्टेफीको प्रमुख आतिथ्यमा सम्पन्न भएको लोकार्पण कार्यक्रममा विशिष्ट अतिथिहरूमा शिक्षक पुष्पमणि प्रधान, कवि सरण खालिङ लगायत अन्य गण्यमान्य अतिथिगण साथै साहित्य अनुरागीहरूको विशेष उपस्थिति रहेको थियोे।
आजको कार्यक्रमका सभापति, प्रमुख अतिथि अनि विशिष्ट अतिथिहरूको बहुलीबाट शिक्षक तथा सर्जक  एसके मोक्तानको पहिलो कविता सङ्ग्रह अनुशीलन -को विधिवत् रूपमा लोकार्पण गरियो भने कार्यक्रमलाई थप  रोचक बनाउँदै हास्यकवि भक्तकुमार सुब्बा, कवि कर्ण विरह, कवि युवराज छेत्री, कवि प्रतीक्षा राई आदिले कविता वाचन गरेका थिए। विमोचित कृतिमाथि कवि सरण खालिङले समीक्षात्मक ढङ्गमा आफ्नो विचार पोख्दै भने एसके मोक्तान एकजना शिक्षक मात्र नभएर  प्रखर वक्ता हुन, मैले मोक्तानलाई नजिकबाट चिनेको हो, जब हामी दार्जीलिङ महाविद्यालयमा पठन-पाठन गर्दै सँगसँगै पढेका थियौं। उनी मेरा एकजना समकालीन मित्र थिए। उतिबेला हामीले मिलेर धेरैवटा समाजिक कार्यहरू समेत गरेका थियौँ भनी खालिङले बताए ।
 प्रमुख अतिथि शारदा स्टेफीले कार्यक्रममा बोल्दै भनिन् , शिक्षक एसके मोक्तानले शिक्षक पेशामा अवकाश पाएपछि  पनि यो प्रकारको जोश जाँगर देखेर नसमस्तक छु। अब विद्यालयपछि अवकाश जिन्दगी भनेको परिवारसँग बिताउनुपर्ने हो तर यहाँको समाजप्रतिको लगाऊ, निष्ठा अनि कर्तव्यबोध अझैपनि अघिल्लो पन्थीमा रहेको देखिन्छ। यहाँको समाजिक यात्रा निरन्तर रहोस्। कृतिका लागि हार्दिक बधाई अनि शुभकामना दिँदछु भनी उनले थप बताइन्। शनिबारको कार्यक्रममा शिक्षक पुष्पमणि प्रधान, कवि शरण खालिङ आदिले सम्बोधन राखेका थिए। देवाशिष गुरूङले सञ्चालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य राकेश मंगरले राखेका थिए । कार्यक्रमलाई ससाना नानीहरूको नृत्यले थप रोचक बनाएको जानकारी दिएको छ।

Share this news
आजको रोजाइ
नतिजा देखिने गरी जिम्मेवार भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

नतिजा देखिने गरी जिम्मेवार भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

गोरामुमोको सांगठनिक विस्तार: पुलबिजनबारी-गोक र कैंजले-रेलिङ समष्टिका ३५ घरपरिवार पार्टीमा प्रवेश

गोरामुमोको सांगठनिक विस्तार: पुलबिजनबारी-गोक र कैंजले-रेलिङ समष्टिका ३५ घरपरिवार पार्टीमा प्रवेश

व्यवसायी महासंघले हस्तकला व्यवसायमा सरकारसँग सहकार्य गर्ने

व्यवसायी महासंघले हस्तकला व्यवसायमा सरकारसँग सहकार्य गर्ने

पोख्रेबुङमा सुके पोखरी प्रेस वेल्फेयर सोसाइटीको सभा सम्पन्न, तीन पत्रकार संगठनमा आबद्ध

पोख्रेबुङमा सुके पोखरी प्रेस वेल्फेयर सोसाइटीको सभा सम्पन्न, तीन पत्रकार संगठनमा आबद्ध

चिया बगानका स्वास्थ्य संस्था स्तरोन्नतिका लागि HHTDCSS को उत्तरकन्या भ्रमण, ७२ करोड बजेट प्रभावकारी उपयोग गर्न माग

चिया बगानका स्वास्थ्य संस्था स्तरोन्नतिका लागि HHTDCSS को उत्तरकन्या भ्रमण, ७२ करोड बजेट प्रभावकारी उपयोग गर्न माग

नीट-२०२६ मा ६१० अंकसहित विष्णु लिम्बू बने असमका गौरव

नीट-२०२६ मा ६१० अंकसहित विष्णु लिम्बू बने असमका गौरव

राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

आजको रोजाइ