तीनधारो क्षेत्रमा एसआईआरको सुनवाई

Share this news

तीनधारे, (निसं): खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुई तीनधारे क्षेत्रमा वर्तमानमा चलिरहेको मतदाता विशेष गहन संशोधन एसआईआरको सुनवाई सम्पन्न भएको छ। यस सुनवाईको क्रममा घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत पर्ने 6 वटा बुथका जम्मा 800 जना जतिको सुनवाई सम्पन्न भएको छ। मानिसहरू सबैले साँझसम्म बसेर सुनवाई गरेको जानकारी प्राप्त भएको छ। उक्त सुनवाईको क्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको पदाधिकारीहरु र कार्यकर्ताहरुले मतदाताहरुलाई विभिन्न विषयमा सहयोग गरेको जानकारी प्राप्त भएको छ। सबैले मतदाताहरुलाई लाइनमा पानी वितरण गरेको साथै कतिपय कुराहरुमा सहयोग गरेको जानकारी प्राप्त भएको छ। उक्त सुनवाईमा उच्च पदाधिकारीहरु साथै सूक्ष्म पर्यवेक्षकद्वारा गरिएको बताइएको छ। एसआईआरको सुनवाईलाई लिएर मामिसहरुमा मिश्रित प्रतिक्रिया रहेको देखिको छ। यस सुनवाईमा चियाबारी क्षेत्रबाट कतिजनाले चियाबारीको हाजिरा माया मारेर सुनवाईमा आएको र एसआईआरको सुनवाईमा धेरै दुःख पाएको पनि प्रतिक्रिया व्यक्त गरेका छन्। एसआईआरको सुनवाईमा आएका तीनधारे चियाबारी क्षेत्रका मानिसहरुले आफुहरु कमानको हाजिरा माया मारेर सुनवाईमा आएको र लाइन लागेर बस्नु परेको अनि मतदाताहरुले दु:ख पाएको बताएका छन्‌‍। यो सुनवाई साँझसम्म चलेको बताइएको छ।

Share this news
आजको रोजाइ
अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

आजको रोजाइ