सिलिम हिल निवासी सौरभ सुब्बाले डब्ल्युबीसीएस परीक्षा ए ग्रेडमा उत्तीर्ण गरे

Share this news

तीनधारे, (निसं)ः तीनधारे महानदी समष्टिको घैयाबारी ग्राम पञ्चायत तीनको सिलिम हिल निवासी सौरभ सुब्बाले डब्ल्युबीसीएस परीक्षा ए ग्रेडमा उत्तीर्ण गरेर आफ्नो परिवार साथै गाउँ समाज र पहाड़लाई नै गौरवान्वित बनाएकोमा स्थानीय गाउँबासीद्वारा सम्मान जनाइएको छ। सिलिम हिलको जोर चिलाउने निवासी पिता अशोक सुब्बा र माता सुमित्र प्रधान सुब्बाको 26 वर्षीय सुपुत्र सौरभ सुब्बाले डब्ल्युबीसीएस परीक्षा ए ग्रेडमा उत्तीर्ण गरेर गाउँलाई गौरवान्वित बनाएकोमा सिलिम हिलका सचेत युवाहरुको आयोजनामा सौरभ सुब्बालाई सम्मान जनाएका छन्‌‍।

यस अवसरलाई सौरभ सुब्बालाई सचेत युवाहरुको टोली साथै स्थानीय गाउँबासीहरु उपस्थित भएर सम्मान जनाइएको छ। यस अवसरमा उनलाई खदार्पणसहित फूल गुच्छा प्रदान गर्दै टोपी पहिराएर साथै सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ। यस कार्यक्रमलाई स्थानीय सम्पल राईले सञ्चालन गरेका थिए भने कार्यक्रममा पूर्व शिक्षक एवं गाउँका वरिष्ठ व्यक्ति रञ्जन लामाले वक्तव्य राखेका थिए। यस सम्मान कार्यक्रममा डब्ल्युबीसीएस परीक्षा ए ग्रेडमा उत्तीर्ण गरेका सौरभ सुब्बाले आफुलाई गाउँमा यसरी सम्मान जनाइएकोमा गाउँवासीलाई धन्यवाद दिएका छन्‌‍।

उनले आफ्नो सम्बोधनमा भने, गाउँले दिएको माया र प्रेमको लागि धन्यवाद छ। आज म एकजना व्यक्ति मात्र होइन तर तपाईंहरुको माया र आशिर्वादको एक उदाहरण भएर आएको छु। यस सफलतामा मेरा माता पिताको त्याग र सहयोग साथै आफान्तको सहयोग र हौसला रहेको छ। यसको गुरुहरुको मार्ग दर्शनले सफलतामा योगदान रहेको छ। गाउँ समाजले दिएको मायाले पनि सफलतामा सहयोग गरेको छ। सौरभ सुब्बाले सफलताको लागि निरन्तरत प्रयास र कडा मेहनत आवश्यक हुन्छ भन्दै असल हुँदा हरेस खानु हुँदैन तर निरन्तरत प्रयास र कडा मेहनत गर्नुपर्छ भनी बताएका छन्‌‍। उनले साना विद्यार्थी भाई-बहिनीहरुलाई सफलताको कड़ी सिकाएका थिए। उल्लेखनीय छ सौरभ सुब्बाले डब्ल्युबीसीएस परीक्षा ए ग्रेड रेभेन्युमा उत्तीर्ण गरेका छन्‌‍। अब उनी सहायक कमिन्शनर अफ्‌‍ रेभिन्यु हुने बताइएको छ।

सिलिम हिल निवासी सौरभ सुब्बाले आफ्नो दोस्रो श्रेणीसम्मको शिक्षा ब्ल्यु डाईमण्ड अंग्रेजी स्कूल तीनधारेबाट उत्तीर्ण गरेका थिए भने माध्यमिक तहसम्मको शिक्षा सोनादा मोडेल अंग्रेजी स्कूलबाट उत्तीर्ण गरेका थिए। उनले 2016 मा खरसाङ्को पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयबाट उच्च माध्यमिक परीक्षा उत्तीर्ण गरेका थिए भने 2019 मा दार्जीलिङ्को सन्त जोसेफ कलेजबाट स्नातक तहको अध्ययन पूरा गरेका थिए। त्यसपछि उनी विभिन्न प्रतियोगितामूलक परीक्षाहरु दिईरहेका थिए भने उनले डब्ल्युबीसीएस परीक्षा उत्तीर्ण गरेका थिए। यस सम्मान कार्यक्रमको आयोजना सिलिम हिल गाउँका सचेत युवाहरुले गरेका थिए। यसमा राकेश राई, अशेष राई, प्रताप परियार, रुस्तम राई, सचिन परियार, सम्पल राई, रेञ्जन लामा, प्रणय तामाङ लगायत अन्यहरुले आयोजना गरेका थिए जसमा गाउँबासी उपस्थित रहेर सौरभ सुब्बालाई सम्मानसहित बधाई दिएका थिए। यस अवसरमा सौरभ सुब्बाका पिता अशोक सुब्बा र माता सुमित्र प्रधान सुब्बा पनि उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

आजको रोजाइ