request to resettle the victims

पैह्राे पीडितहरूलाई सुरक्षित स्थानमा पुनर्वास गराइदिने अनुरोध

Share this news

अक्टाेबर महिनामा भएकाे भारी बर्षाले सुके खण्डकाे सियाेक गाेदामधुरा गाउँकाे रंगेली खाेलाले उग्ररूप धारण गरेपछि गाउँकाे नक्सा नै परिवर्तन गरिदिएकाे छ। उक्त ठाउँमा सातवटा घर पूर्णरूपमा क्षति भएकाे छ भने धेरै घरहरू पैह्राेकाे जाेखिममा रहेकाे छ।अन्नबाली नष्ट भएकाे छ। यातायातमा समस्या बनाएकाे छ। उक्त आपदा भएकाे महिना दिन पुग्न लाग्दा पनि गाउँ उराट लाग्दाे बनेकाे छ। चारैतिर ठूलाे ठूलाे ढुङ्गा र पैह्राे मात्रै देखिन्छ। स्थानीय पैह्राे पिडित अमृता प्रधानले पैह्राेले आफ्नाे घरलाई पूर्णरूपमा क्षति गरिदिएकाे जानकारी गराउँदै विनाशकारी पैह्राेले घरकाे सबै समान बगाएकाे बताइन्।तिनले सियाेक गाेदामधुरा गाँउमा प्राकृतिक आपदा आएपछि सरकारी गैर सरकारी संस्थाहरूले खुलेर सहयाेग पैह्राे पीडितहरूलाई गरेकाे जानकारी गराउँदै पुनर्वासकाे पहल पनि भइरहेकाे बताइन्। तिनले चियाकमान प्रबन्धक पक्षले घर निर्माणकाेलागि जमीन पनि उपलब्ध गराउने लगभग प्रबन्ध मिलाइसकेकाे जानकारी गराउँदै सरकारकाे पक्षबाट ब्याङ्क खातामा साठी हजार रूपियाँ जमा पनि भएकाे बताइन्। यद्यपि साठी हजार रूपियाँले घर निर्माण गर्न नसकिने जानकारी गराउँदै पीडित अमृता प्रधानले साठी हजार रूपियाँमा एउटा शाैचालय त निर्माण हुँदैन। घर कसरी निर्माण गर्नु भनी प्रश्न गरिन्। तिनले हामीले हरेष खाएका छैनाैं, सरकारले घर निर्माणमा थप सहयाेग गरिदिन्छ भनेर हामीले धेरै आशा गरेका छाैं भन्दै उक्त विषयलाई ध्यानमा राखेर ठाेस पहल गरिदिने सरकार समक्ष अनुराेध गरिन्। स्थानीय भूषण थापाले सियाेक गाेदामुधारा गाउँ पहिलाकाे स्थितिमा आउन धेरै समय लाग्ने बताउँदै पैह्राेले घरमात्रै हाेइन खेल मैदान, अलैचीबारी, कृषि उब्जनी हुने जमीन साथै खाेलाकाे पक्की पुललाई क्षति गरिदिएकाे जसले गर्दा कतिपय समस्या गाउँमा याथवत रहेकाे बताए। तिनले सियाेक गाेदामधुरा गाउँमा यसभन्दा अघि पनि धेरैचाेटी पैह्राे गएकाे कारणले यहाँका पैह्राेकाे जाेखिममा रहेकाहरूलाई अन्य सुरक्षित स्थानमा पुनर्वास गर्न अति आवश्यक रहेकाे बताउँदै यस विषयमा सम्बन्धित निकायलाई ठाेस पहल गरिदिने अनुराेध गरे।


Share this news
आजको रोजाइ
पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

पाक्योङ जिल्लामा ७२ औं अखिल भारत सहकारी सप्ताह पालन

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

आदेश पालन नगरे राज्यपालको अधिकार अन्तर्गत कार्बाही गरिने

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

फेन्साङ मा. विद्यालयमा ‘बेटी बचाओ, बेटी पढाओ’ कार्यक्रम

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

भवेश विरूद्ध प्राथमिकी दर्ता

भवेश विरूद्ध प्राथमिकी दर्ता

दार्जीलिङमा सरस मेलाको समापन

दार्जीलिङमा सरस मेलाको समापन

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला