MP Raju Bista Political Campaign
MP Raju Bista Political Campaign

पद्मश्री गीता उपाध्यायको निधनमा सांसद राजु बिष्टद्वारा समवेदना प्रकट

Share this news

दार्जीलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्टले भारतको प्रतिष्ठित पद्मश्री सम्मानबाट विभूषित, वरिष्ठ साहित्यकार, निबन्धकार, उपन्यासकार, अनुवादक तथा समाजसेविका पद्मश्री गीता उपाध्यायको १३ जुलाई, २०२६ मा स्वर्गारोह भएको खबरले मर्माहत भएको छन्। उहाँको निधनले असमिया र नेपाली साहित्य, र गोर्खा जगतमा अपूरणीय क्षति पुगेको छ।

साहित्य अकादमीको अनुवाद र मौलिक कृति पुरस्कार दुवै प्राप्त गर्ने पहिलो साहित्यकारको कीर्तिमान आफ्नो नाममा राख्नुभएको गीता उपाध्यायले नेपाली र असमिया साहित्यबीच सेतुको काम गर्नुभयो। उहाँलाई सन् २०११ मा ‘दरबारकी सुसारे’ (ज्योतिप्रसाद अगरवालाको असमिया नाटक ‘कारेङर लिगिरी’ नाटकको नेपाली अनुवाद) का लागि साहित्य अकादमी अनुवाद पुरस्कार प्रदान गरिएको थियो भने सन् २०१६ मा ‘जन्मभूमि मेरो स्वदेश’ उपन्यासका लागि साहित्य अकादमी मूल पुरस्कार प्राप्त गर्नुभयो।

उहाँलाई भारतको चौथो सर्वोच्च असामरिक सम्मान ‘पद्मश्री’ ले सम्मानित गरिएको थियो। यससँगै उहाँ अनेकौँ पुरस्कारहरूले सम्मानित हुनुभयो। साहित्यमा मात्र सीमित नरही उहाँले असम नेपाली साहित्य सभाको अध्यक्ष, अखिल असम लेखिका संस्थाकी सभानेत्री, र भारतीय गोर्खा परिसङ्घ, असम राज्य समितिको संस्थापक अध्यक्षको रूपमा समाजसेवामा पनि उल्लेखनीय योगदान दिनुभयो।

गीता उपाध्यायको निधनले नेपाली, असमिया साहित्य तथा समग्र उत्तर-पूर्व भारतको सांस्कृतिक क्षेत्रमा, र गोर्खा समाजमा गहिरो शून्यता सिर्जना भएको छ। उहाँले पुऱ्याउनुभएको अतुलनीय योगदान सधैं स्मरणीय रहनेछ।

यस दुःखद घडीमा हामी सबै नेपालीभाषीहरू अनि साहित्यिक फाँटका सर्जकहरू उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, शुभचिन्तक तथा सम्पूर्ण साहित्यप्रेमीप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।

Share this news
आजको रोजाइ
व्यापार बढे पनि HDFC बैंकले कार्यबल किन ३,३०० भन्दा धेरै घटायो ?

व्यापार बढे पनि HDFC बैंकले कार्यबल किन ३,३०० भन्दा धेरै घटायो ?

के सामाजिक सञ्जालले ओसीडीका घटनाहरूमा वृद्धि भइरहेको छ ?

के सामाजिक सञ्जालले ओसीडीका घटनाहरूमा वृद्धि भइरहेको छ ?

पद्मश्री गीता उपाध्यायको निधनमा सांसद राजु बिष्टद्वारा समवेदना प्रकट

पद्मश्री गीता उपाध्यायको निधनमा सांसद राजु बिष्टद्वारा समवेदना प्रकट

होर्मुजमा इरानी आक्रमण: 2 यूएई ट्याङ्कर निशानामा, एक भारतीयको मृत्यु

होर्मुजमा इरानी आक्रमण: 2 यूएई ट्याङ्कर निशानामा, एक भारतीयको मृत्यु

एसबीआई फन्ड्स म्यानेजमेन्टको आईपीओ खुला : ठूलो लगानी हुने  

एसबीआई फन्ड्स म्यानेजमेन्टको आईपीओ खुला : ठूलो लगानी हुने  

खरसाङ कलेजकी प्रा. रीना सुब्बा स्रस्टा पुरस्कारद्वारा अलङ्कृत

खरसाङ कलेजकी प्रा. रीना सुब्बा स्रस्टा पुरस्कारद्वारा अलङ्कृत

सञ्चार क्षेत्रको स्थिति, चुनौती र आगामी दिशामा डिजिटल सोसाइटीसँग चर्चा

सञ्चार क्षेत्रको स्थिति, चुनौती र आगामी दिशामा डिजिटल सोसाइटीसँग चर्चा

दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे, प्रेस काउन्सिलमा उमेश श्रेष्ठ नियुक्त

दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे, प्रेस काउन्सिलमा उमेश श्रेष्ठ नियुक्त

विश्वकप सेमिफाइनलमा फ्रान्स-स्पेन भिड्दै: एम्बाप्पे-यामालबीच प्रतिस्पर्धाको प्रतीक्षा

विश्वकप सेमिफाइनलमा फ्रान्स-स्पेन भिड्दै: एम्बाप्पे-यामालबीच प्रतिस्पर्धाको प्रतीक्षा

इन्डियन गोर्खा जनशक्ति फ्रण्ट दार्जीलिङ टाउन कमिटीको महत्त्वपूर्ण बैठक

इन्डियन गोर्खा जनशक्ति फ्रण्ट दार्जीलिङ टाउन कमिटीको महत्त्वपूर्ण बैठक

आजको रोजाइ