पश्चिम सिक्किम साहित्य परिषद, गोजिङ्ग, सिक्किमले निबन्ध विधामा खरसाङ, मकैबारीमा जन्मिएकी अनि खरसाङ कलेजकी प्रा. रीना सुब्बालाई स्रस्टा पुरस्कारद्वारा अलङ्करण गरेको छ। उनलाई 212औं भानु जयन्ती समारोहमा यी पुरस्कारद्वारा अलङ्करण गरिएको थियो।
रीना सुब्बा मकैबारी, थापाथली गाउँ, खर्साङ, दार्जीलिङ निवासी माता: शशिमाया र
पिता: कमल सुब्बाकी छोरी हुन्।
उनले माध्यमिक – स्कट मिसिन स्कुल खरसाङ, एचएस -आदर्श स्कुल खरसाङ र B.A खरसाङ कलेज अनि एम. ए. (नेपाली), – दा, सरकारी महाविद्यलय, बि. एड. – रामकृष्णा बी टी कलेज, दार्जीलिङबाट पूरा गरेकी हुन्।
यु. जी. सी. नेट उर्तीण गरेकी रीना सुब्बाका कृतिहरू:
- ममता (उपन्यास) -पहिलो संस्करण २०१९, दोस्रो संस्करण – २०२६
- भोलीको दिन (उपन्यास) – २०१९
- परिवर्तित अनुहार (उपन्यास) -पहिलो संस्करण – २०२३, दोस्रो संस्करण – २०२५
- नारीवाद तथा नारीवादी आलोचना (समालोचना) – २०२६
कथा, कविता आदि विभिन्न पत्र-पत्रिकाहरु साथै अनलाइन पोर्टलहरूमा प्रकाशित।
रीना सुब्बाले नारीवाद तथा नारीवादी पुस्तकहरू व्यापाक मात्रामा अध्ययन गर्छिन्। यसैले उनका पुस्तकहरू अनि लेखहरू यी विषयमा नै लेखिएका हुन्छन्। जसमा विशेष गरी आलोचना लेखनमा उनको तड्कारो नारीवादको पक्षहरू पाइन्छ।
पश्चिम बंगाल पूर्व राज्यपालद्वारा ‘राज्य पुरस्कार’द्वारा सम्मानित भइसकेकी सुब्बालाई स्रस्टा पुरस्कारद्वारा अलङ्करण गरिएकोमा दिल्लीबाट सिलगढीमा सञ्चालित साहित्यिक सामाजिक संस्था एसोसिएशन फर रिसर्च अन् नन्प्रफीट अर्गनाइजेसन एण्ड वल्युन्टेरी एक्टिविटिज आरनोवाले वधाइ र शुभकामना दिएको छ। उनी यस संस्थानकी कार्यकारिणी सदस्य हुन्।












