27 र 28 चौरास्तामा किराँती खम्बु राई सांस्कृतिक उत्सव 

Share this news

दार्जीलिङ,24 जून (निसं): किराँती खम्बुराई सांस्कृतिक संस्थान(केकेएसएस) दार्जीलिङ केन्द्रीय समितिको आयोजनामा आगामी 27 अनि 28 जूनको दुई दिन दार्जीलिङको मुटु मानिने चौरस्ता परिसरमा किराँती खम्बु राई सांस्कृतिक उत्सव भव्य रूपमा पालन गरिने भएको छ। यस कार्यक्रममा किराती खम्बुराई समुदाय को सांस्कृतिक पारम्परिक साथै प्रारम्भिक विषयसम्बन्धी प्रदर्शनी साथै कार्यक्रमहरू राखिने भएको जानकारी सांस्कृतिक संस्थान दार्जीलिङ जिल्ला समिति अध्यक्ष किशोर राई किराँती खम्बु राई सांस्कृतिक उत्सव आयोजन आयोजक सचिव सुरेखा राईले जानकारी दिएका छन्। कार्यक्रम सम्बन्धी आयोजक सचिव सुरेखा राईले बताए अनुसार आगामी 27 अनि 28 दुई दिन हुने किराँती खम्बु राई सांस्कृतिक उत्सव कार्यक्रममा अतिथिहरूको रूपमा प्रमुख अतिथि छिमेकी राज्य सिक्किमका मुख्यमन्त्री पीएस गोले दार्जीलिङ लोकसभा सांसद राजु विष्ट दार्जीलिङ विधायक नमन राई साथै अन्य विधायकहरु पनि उपस्थित रहनेछन् ।उनले भनिन् ,वर्तमान युवा पिढीलाई आफ्नो जातीय परम्परा संस्कृति अनि रीतिरिवाज गीत-संगीत साथै सम्पूर्ण कुराहरू जानकारी गराउन यस प्रकारको कार्यक्रम राखेको हो। कार्यक्रममा खम्बुराई समुदायको संस्कृति परम्परालाई अझ बलियो बनाउँदै समुदायभित्र एकताको बल थप्ने योजना पनि यस कार्यक्रममा रहेको छ। यसैबीच दार्जीलिङ जिल्ला समिति किराँती खम्बुराई सांस्कृतिक संस्थान अध्यक्ष किशोर राईले बताए अनुसार यस प्रकारको कार्यक्रममा खम्बुराई समुदाय साथै शाखा-प्रशाखाद्वारा पूर्ण सहयोग रहेको छ, यसरी नै सधैं संस्थानमाथि क्षेत्रहरूले सहयोग गरेर अघि बढ्ने पनि उनले आह्वान गरे। दार्जीलिङ प्रेस गिल्ड कार्यालयमा भएको पत्रकार सम्बोधनमा उपकार नेचाली राईको पनि उपस्थित थिए।

संस्थानले सम्पुर्ण खम्बू राई साँस्कृतिक संस्थानका सदस्यहरु, साथै पहाड बासीहरुलाई यस किराँती खम्बु राई सांस्कृतिक उत्सव-2026 मा  निमन्त्रणा गरेको छ। कार्यक्रममा किराती खम्बुराई सांस्कृतिक संस्था नले समुदायभित्रका प्रतिभाशाली साथै उच्च शिक्षा हासिल गर्ने व्यक्तिहरूलाई सम्मान गरिने भएको छ। यसका साथै छिमेकी राष्ट्र नेपालका अन्तर्राष्ट्रिय स्तरका फुटबल खेलाडी प्रिती  साथै अन्तर्राष्ट्रिय स्तरका प्रतिभा त्रिवेणी राईलाई पनि सम्मान गरिने भएकोछ।

Share this news
आजको रोजाइ
फिफा विश्वकपः ब्राजिल विरुद्ध जापान र नेदरल्याण्ड विरुद्ध मोरक्को

फिफा विश्वकपः ब्राजिल विरुद्ध जापान र नेदरल्याण्ड विरुद्ध मोरक्को

एप्पलले भारतमा म्याक, आईप्याड र होमपडको मूल्य किन बढायो ?

एप्पलले भारतमा म्याक, आईप्याड र होमपडको मूल्य किन बढायो ?

गोरामुमो लङ्भ्यु-पंखाबारी-अम्बोटे समष्टि संयोजकमा बिरेन्द्र छेत्री नियुक्त

गोरामुमो लङ्भ्यु-पंखाबारी-अम्बोटे समष्टि संयोजकमा बिरेन्द्र छेत्री नियुक्त

जीटीएबाट राजीनामा किन नदिएको ? ‘महागद्दार’ भन्नेलाई विनयको प्रश्न!

जीटीएबाट राजीनामा किन नदिएको ? ‘महागद्दार’ भन्नेलाई विनयको प्रश्न!

तारातला गोदाम भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो; उद्धार कार्य दोस्रो दिन पनि जारी

तारातला गोदाम भत्किँदा मृत्यु हुनेको संख्या १५ पुग्यो; उद्धार कार्य दोस्रो दिन पनि जारी

‘केतन हाम्रै छोरा जस्तो थियो’: सिया गोयलका परिवारले पुणे हत्याकाण्डमा मुख खोले

‘केतन हाम्रै छोरा जस्तो थियो’: सिया गोयलका परिवारले पुणे हत्याकाण्डमा मुख खोले

के भेनेजुएलाको भूकम्पले भारतको कच्चा तेल आयातमा अवरोध पुर्‍याउन सक्छ? विज्ञहरू के भन्छन्, हेर्नुहोस्

के भेनेजुएलाको भूकम्पले भारतको कच्चा तेल आयातमा अवरोध पुर्‍याउन सक्छ? विज्ञहरू के भन्छन्, हेर्नुहोस्

27 र 28 चौरास्तामा किराँती खम्बु राई सांस्कृतिक उत्सव 

27 र 28 चौरास्तामा किराँती खम्बु राई सांस्कृतिक उत्सव 

साउथफिल्ड कलेज छात्रावास उद्घाटन

साउथफिल्ड कलेज छात्रावास उद्घाटन

महासंघले जनजाति माग कोट्याउदै विष्टसित भेट

महासंघले जनजाति माग कोट्याउदै विष्टसित भेट

आजको रोजाइ