डेमोक्रेटिक युथ फेडेरेशन अफ् ईण्डियाले एक रैली निकाल्दै विभिन्न मांगहरु लिएर खरसाङ खण्ड विकास अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो। उक्त जुलुस खरसाङको रेलवे स्टेशनबाट निकालेर पंखाबारी रोड हुँदै खरसाङ खण्ड विकास कार्यालयसम्म पुगेर विभिन्न मांगहरुमा ज्ञापन पत्र बुझाउने कार्य सम्पन्न गरेको थियो। उक्त रैली र ज्ञापन पत्र बुझाउने कार्यमा डीवाईएफआई दार्जीलिङ जिल्ला सचिव सागर शर्मा, खरसाङकी सचिव दिपा तामाङ, खरसाङका सदस्य-सदस्याहरु क्रमैले सुवासना खाती, सविन एक्का, निलिमा छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। डीवाईएफआईले खरसाङ खण्ड विकास कार्यालयमा पुगेर संयुक्त खण्ड विकास अधिकारी फ्रान्को सिध्दार्थ तामलाङलाई विभिन्न आठवटा विषयमा ज्ञापन पत्र बुझाउने कार्य गरेको थियो।
