place Gorkha demand before interlocutor

इन्टरलोक्युटरअघि गोर्खाको मांग राख्न आइजीजेएफको टीम गठन

Share this news

इन्टरलोक्युटर समक्ष पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्धकालिन मांग राख्नलाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टले टीम गठन गरेको छ। पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन अलग राज्यको मांगलाई एकै स्वरमा इन्टरलोक्युटर समक्ष राख्नलाई इण्डियन गोर्खा जन शक्ति फ्रण्टले पूर्व आइपीएस अधिकारी नर्बु छिरिङ, कमल शर्मा, प्रकाश गुरूङ अनि फिन्जो वाङगेल गुरूङको टीम बनाएको छ। आइजीजेएफले पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन अलग राज्यको मांगलाई इन्टरलोक्युटर समक्ष संयुक्त रूपमा राख्ने दिशामा काम गर्नेछ। केन्द्र सरकारले पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन मांगलाई ध्यानमा राख्दै इन्टरलोक्युर नियुक्ति गरेको छ अनि आइजीजेएफले इन्टरलोक्यूटरलाई अघिबाटै अन्तरात्माबाट स्वागत जनाउने विषय सार्वजनिक गर्दै आइसकेको छ। गत 8 नोभेम्बर 2025 को दिन आइजीजेएफ केन्द्रीय कार्यकारिणीको सभा सम्पन्न भएको थियो अनि उक्त बैठकमा बंगालदेखि बाहिर भारतभित्र छुट्टै व्यवस्था मूल मांग रहेको स्पष्ट अडान लिई सकेका छ। पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन मांगबारे एउटै आवाज हुन पर्छ भन्ने विषयमा आइजीजेएफ वचनवद्ध छ अनि यस विषयमाथि आइजीजेएफले उक्त टीम गठन गरेको हो। आइजीजेएफको टीमले राजनैतिक पार्टीको नेतृत्वहरूदेखि सामाजिक संघ संस्था साथै बुद्धिजीविहरूसंग भेटेर पहाड तराई डुवर्स तथा गोर्खाहरूको दीर्घकालीन मांगको आवाज इन्टरलोक्युटर समक्ष एउटै आवाजमा राख्न पर्छ भन्ने कुरामाथि जोर दिनेछ। आइतबार गोर्खा जन मुक्ति मोर्चाले अल पार्टी मिटिङ्ग बोलाएको थियो अनि उक्त मिटिङ्गमा आइजीजेएफ तथा केन्द्रीय संयोजक अजय एडवर्डसलाई पनि निम्ताइएकको थियो। आफुहरूको पूर्व घोषित कार्यक्रम रहेको हुनाले आयोजित मिटिङ्गमा उपस्थित हुन सम्भव भएन। तर केन्द्रीय संयोजक अजय एडवर्डसले बंगालदेखि अलग छुट्टै व्यवस्थाको निम्ति हो भने जहाँ बोलाए पनि त्यहाँ जान तयार हुने आफ्नो टेक स्पष्ट रहेको गोजमुमो प्रमुख बिमल गुरूङलाई पत्रचार गरेर स्पष्ट गरी दिएका थिए अनि आयोजित अल पार्टी मिटिङमा उक्त पत्र पढेर सुनाइदिने अनुरोध पनि गरेका थिए। उक्त अल पार्टी मिटिङ्गले छुट्टै राज्य गोर्खाल्याण्डमाथि संयुक्त रूपमा काम गर्ने लिएको प्रस्तावप्रति हामी अति नै खुशी छौं। सबैभन्दा खुशीको कुरा भारतीय जनता पार्टीले हामीलाई कहिले दीर्घकालीन मांग, कहिले स्थायी राजनैतिक समाधान आदि जस्ता कुराहरू गरेर अल्माउने काम गर्दै थियो। तर आइताबार बसेको अल पार्टी मिटिङ्गमा भाजपाको नेतृत्वहरू पनि थिए अनि उनीहरूले पनि अलग राज्य गोर्खाल्याण्ड गठनको मांगमा सक्रिया रूपमा सामेल हुने लिएको प्रस्तावलाई समर्थन गरेको हामी अति नै खुशी छौं अनि यो ऐतिहासिक विषय रहेको छ। इण्डियन गोर्खा जन शक्ति फ्रण्टको अडान स्पष्ट छ बंगालदेखि बाहिर भारतभित्र व्यवस्थामा अडिक रहेको केन्द्रीय कार्यकारिणी सदस्य एन बी खवासले बताएका छन्।


Share this news
आजको रोजाइ
लाभा उच्चतर माविको चारतल्ले भवन निर्माण कार्यको शिलान्यास

लाभा उच्चतर माविको चारतल्ले भवन निर्माण कार्यको शिलान्यास

सिक्किम बिहारी जागरण मञ्चले ३२औं स्थापना दिवस मनाउने

सिक्किम बिहारी जागरण मञ्चले ३२औं स्थापना दिवस मनाउने

गर्लाङ गोल्ड कप-2025 युकेएफसी च्याम्पियन

गर्लाङ गोल्ड कप-2025 युकेएफसी च्याम्पियन

लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

लालकिल्ला विस्फोट राष्ट्रमाथिको प्रहार: IGJF प्रवक्ता आरके शर्मा

आरएसएसको जिल्ला स्तरीय प्रमुख जनगोष्ठी कार्यक्रम सम्पन्न

आरएसएसको जिल्ला स्तरीय प्रमुख जनगोष्ठी कार्यक्रम सम्पन्न

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

माकपा नेता किस्मत तामाङकाे नेतृत्वमा थर्बुमा राहत सामग्री वितरण

भारतीय गोर्खाको राजनैतिक समस्या अनि इन्टरलोक्युटरको नियुक्ति

भारतीय गोर्खाको राजनैतिक समस्या अनि इन्टरलोक्युटरको नियुक्ति

इन्टरलोक्युटरअघि गोर्खाको मांग राख्न आइजीजेएफको टीम गठन

इन्टरलोक्युटरअघि गोर्खाको मांग राख्न आइजीजेएफको टीम गठन

पैह्राे पीडित 87 जना कृषकहरूलाई जीटीएद्वारा क्षतिपूर्ति वितरण

पैह्राे पीडित 87 जना कृषकहरूलाई जीटीएद्वारा क्षतिपूर्ति वितरण

भारतको चिकित्सा क्षेत्र चाँडै नै पतनको संघारमा छ। भारतीय संसदीय समितिले यो कुरा स्पष्ट रूपमा स्वीकार गरेको छ।

भारतको चिकित्सा क्षेत्र चाँडै नै पतनको संघारमा छ। भारतीय संसदीय समितिले यो कुरा स्पष्ट रूपमा स्वीकार गरेको छ।

आजको रोजाइ