साहित्य कला संस्थान् तीनधारेको आयोजनामा तीनधारेमा नेपाली भाषा मान्यता दिवस पालन गरिएको थियो। संस्थाका अध्यक्ष रञ्जनकुमार रसाइलीको अध्यक्षता र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भाषा मान्यता दिवस कार्यक्रमलाई उत्तम शर्माले सञ्चालन गरेका थिए। कार्यक्रममा भाषा मान्यता दिवस र नेपाली भाषा मान्यताको आन्दोलन विषयमा संस्थाका मूल सचिव सन्तोष लामा, दिपक प्रधान, उत्तम गिरी र विनयकुमार छेत्रीले वक्तव्य राखेका थिए। प्रमुख अतिथि नवराज छेत्रीले नेपाली भाषालाई लिएर भविष्यमा नयाँ पुस्तालाई अलिक जागरुक गराउन पर्ने आवश्यकतामाथि जोड दिएका थिए।
