टिस्टा प्रभावित क्षेत्रको निम्ति तत्काल कदम उठाउने माग गर्दै प्रधानमन्त्रीलाई बीपी बजगाईँको पत्र

Share this news

खरसाङ, (निसं)ः खरसाङ्का विधायक बीपी बजगाईँले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रचार गरेर टिस्टावासीको निम्ति गुहार मागेका छन्‌‍। बजगाईँले पत्रमा प्रधानमन्त्रीलाई वर्तमान टिस्टाको अवस्था र यसको समस्याको बारेमा अवगत गराएका छन्‌‍। तिनले पत्रमा टिस्टा नदीले टिस्टा बजार, अन्य क्षेत्रका साथै राष्ट्रिय राजमार्ग 10 लाई गम्भीर प्रभाव पारेको प्रधानमन्त्रीलाई अवगत गराउदै यसको मूल कारण टिस्टा नदीमा वृहत र अग्ला बाँधको निर्माण एनटीपीसीद्वारा गरिनु र सेभोक रङ्गपो रेल मार्ग निर्माण गर्दा पहाड़लाई छेड़ेर सुरुङहरू खनिनु हो भनी ठोकुवा गरेका छन्‌‍। तिनले एनएचपीसीद्वारा टिस्टा नदीमा वृहत अनि अग्ला बाँध निर्माण गरिनाले नदी तलमा बाहुला थुप्रिन्दै गएर टिस्टा नदीको सतह माथि उठेको हो। नदीतल माथि उठ्दा वर्तमान मनसुनको सौसममा टिस्टा नदीको पानी धेरै माथिसम्म बगेर आवशीय क्षेत्रहरू डुबानमा परेको हो। यसै गरी सेभोक रङ्गपो रेलमार्ग निर्माण गरिन्दा पहाड़ काट्दै सुरुङहरू खनियो, चट्टानहरू काटियो यसको कारण टिस्टा नदी जलस्तर बढ़ेर गयो, राष्ट्रिय राजमार्गको विभिन्न स्थानमा जमिन चर्किने, धस्कने, पैह्रो जाने समस्या उत्पन्न भयो भनी प्रधानमन्त्रीवाई अवगत गराएका छन्‌‍। बजगाईँले प्रधानमन्त्री समक्ष यी विषयहरूलाई ध्यानमा राख्दै पश्चिम बंगालको यस आपदा प्रभावित क्षेत्रको तत्काल पुनः सर्वेक्षण, मूल्याङ्कन गर्ने अनुरोध गरेका छन्‌‍। तिनले टिस्टा प्रभावित नागरिकहरूलाई तुरुन्त अनि आवश्यक क्षतिपूर्ती प्रदान गर्ने माग पनि गरेका छन्‌‍। टिस्टा प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई पुनर्वास गराउने, यस पारिस्थितिक क्षेत्रमा चलिरहेको पुर्वाधार ढाँचाहरूको वैज्ञानिक समीक्षा गराउने माग पनि प्रधानमन्त्रीसित गरेका छन्‌‍। बीपी बजगाईँले वर्तमानमा आफू अस्वस्थताको कारण कलकत्तामा उपचारको निम्ति रहेको बताउैद दर्पणलाई भने, वर्तमानमा स्वस्थ्यले मलाई साथ दिएको छैन। अहिले पनि उपचारको क्रममा म कलकत्तामा छु। मैले सिलगढ़ीका विधायक शंकर घोषको चिठ्ठीलाई पचाउन नसक्दा एउटा गोर्खा विधायक भएको नातामा यसको विरोध जनाए अनि टिस्टा प्रभावित मानिसहरूले वर्तमानमा भोगिरहेका विपदलाई त्यतिकै सुनेर, हेरेर बस्न सकिन एउटा विधायक भएको नातामा आफ्नो दायित्व निभाउदै प्रधानमन्त्रीलाई सकि-नसकि भए पनि पत्रचार गरेको छु। आगामी दिनमा टिस्टा प्रभावित क्षेत्र अनि मानिसहरूको समस्यालाई लिएर प्रधानमन्त्रीको निर्देशमा सम्बन्धिक मन्त्रायलहरूले कदम उठाउनेछन्‌‍ भन्ने कुरोमा म आशावादी छु।

Share this news
आजको रोजाइ
WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

विष्टद्वारा भाजपा कालिम्पोङ विधान सभा संगठनात्मक बैठकको अध्यक्षता

विष्टद्वारा भाजपा कालिम्पोङ विधान सभा संगठनात्मक बैठकको अध्यक्षता

आजको रोजाइ