Member of Parliament Edwards

राष्ट्रिय हरित न्यायधिकरणलाई सभासद एडवडर्सले लेखे पत्र

Share this news

दार्जीलिङ पार्वतीय क्षेत्रको नगरपालिका क्षेत्रहरूमा दिनप्रति दिन निर्माण हुँदै गइरहेको गगनचुम्बी बिल्डिङहरूले पहाडको जल वायु तथा पर्यावरणलाई धेरै चोट पुराएको अवगत गराउँदै सभासद अजय एडवडर्सले राष्ट्रिय हरित न्यायाधिकरण (एनजीटी)लाई पत्राचार गरेका छन्। गत केही दिनअघि स्थानीय साथै राष्ट्रिय दैनिक समाचार पत्रहरूमा दार्जीलिङ पार्वतीय क्षेत्रमा गएको प्राकृतिक प्रकोपहरूमाथि राष्ट्रिय हरित न्यायधिकरणले चिन्ता ब्यक्त गरेको समाचार छाएको थियो। दार्जीलिङ पार्वतीय क्षेत्रमा गएको प्राकृतिक प्रकोपमाथि राष्ट्रिय हरित न्यायधिकरणको चिन्तालाई निर्वाचित सभासद अजय एडवडर्सले चिन्तन गर्दै एनजीटीलाई पत्राचार गरेका हुन्। सभासद एडवडर्सले आफ्नो पत्रमा म यो पत्रमार्फत दार्जिलिङ, कालिम्पोङ र खरसाङ नगरपालिका क्षेत्रमा तीब्र रूपमा फैलिएको अनियन्त्रित र वातावरणीय दृष्टिले अस्थायी बहुतले भवन निर्माणतर्फ एनजीटीलाई ध्यानाकर्षण गराएका छन्। यी गतिविधिहरू वातावरणीय र भवन मापदण्डको स्पष्ट उल्लङ्घन भएको र यसले पहिले नै अस्थिर माटो, भूस्खलन र जलनिकास अवरोधका कारण संवेदनशील हिमाली परिस्थितिलाई थप संकटमा पारेको छ जुन विषयमा हालै यस सम्माननीय एनजीटीले दार्जीलिङमा देखिएका ठूलो स्तरको भूस्खलनसम्बन्धी स्वतः संज्ञान लिएको छ। चौरस्ता क्षेत्र, जसले आफ्नो प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाका कारण अन्तर्राष्ट्रिय ख्याति कमाएको छ, त्यस क्षेत्र पनि जोगिएको छैन। यो संरक्षित र पर्यटक-संवेदनशील क्षेत्रमै अनधिकृत निर्माण तीब्र रूपमा भइरहेको छ, जसले सम्पूर्ण क्षेत्रको पारिस्थितिक सन्तुलन र सौन्दर्य दुवै नष्ट गरिरहेको छ। पूर्वी हिमालयको परिस्थितिमाथि गम्भीर दृष्टिगत लाउँदा, यस्तो अनियन्त्रित बहुतले निर्माणले जीवन र सम्पत्तिका लागि गम्भीर जोखिम भएको पत्रमा उल्लेख गरिएको छ।


Share this news
आजको रोजाइ
सुभेन्दु अधिकारीले भेटे राज्यका मुख्य निर्वाचन अधिकारीसँग

सुभेन्दु अधिकारीले भेटे राज्यका मुख्य निर्वाचन अधिकारीसँग

एसकेएम पार्टीको सामाजिक मिडिया नेटवर्कलाई सुदृढ बनाउने

एसकेएम पार्टीको सामाजिक मिडिया नेटवर्कलाई सुदृढ बनाउने

सिक्किमकी अभिष्टा बस्नेत भारतको यू-१७ टोलीमा चयन

सिक्किमकी अभिष्टा बस्नेत भारतको यू-१७ टोलीमा चयन

बीरपाडा १ दक्षिणका नव नियुक्त अञ्चल सदस्यहरूलाई स्वागत

बीरपाडा १ दक्षिणका नव नियुक्त अञ्चल सदस्यहरूलाई स्वागत

दिपेन हाङ लिम्बूलाई स्वागत, हार्दिक वधाइ र शुभकामना

दिपेन हाङ लिम्बूलाई स्वागत, हार्दिक वधाइ र शुभकामना

नेपाली पुस्तक सङ्ग्रहालयका पदाधिकारीहरू आसाम जाने

नेपाली पुस्तक सङ्ग्रहालयका पदाधिकारीहरू आसाम जाने

रङबुल धोतरिया कला मञ्चद्वारा देउसी भैलोलाई निरन्तरता

रङबुल धोतरिया कला मञ्चद्वारा देउसी भैलोलाई निरन्तरता

कानूनको कार्यान्वयन समीक्षा गर्न त्रैमासिक बैठक आयोजित

कानूनको कार्यान्वयन समीक्षा गर्न त्रैमासिक बैठक आयोजित

उदयन समिति नवीकरण परियोजना ३३,५०,६३३.०० रुपैयाँमा

उदयन समिति नवीकरण परियोजना ३३,५०,६३३.०० रुपैयाँमा

राष्ट्रिय हरित न्यायधिकरणलाई सभासद एडवडर्सले लेखे पत्र

राष्ट्रिय हरित न्यायधिकरणलाई सभासद एडवडर्सले लेखे पत्र