Niraj Zimba meeting Darjeeling
Niraj Zimba meeting Darjeeling

वर्ष १९८६ आन्दोलनका लडाकू अन्तरे राईसँग निरज जिम्बाको भेटघाट

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का संस्थापक सदस्य तथा सन् १९८६ सालको ऐतिहासिक आन्दोलनका कमाण्डर, अप्पर सोनादा निवासी आदरणीय श्री अन्तरे राईसँग आज एक आत्मीय भेटघाट सम्पन्न भएको छ। गोरामुमोका केन्द्रीय समिति सदस्य तथा माननीय विधायक श्री निरज जिम्बा तामाङ स्वयम् उहाँको निवासमा पुगेर भेटघाट गर्नुका साथै उहाँको स्वास्थ्य अवस्था तथा हालखबर बुझ्नुभयो। उक्त भेटघाटका क्रममा गोरामुमो मिडिया सेल प्रभारी श्री दिनेस साम्पाङ राईका पिता समेत रहेका वरिष्ठ व्यक्तित्व श्री अन्तरे राईसँग विधायक निरज जिम्बा तामाङले सम्मानपूर्वक आशीर्वाद लिनुभयो। साथै उहाँले १९८६ सालको आन्दोलनका क्रममा भोगेका अनुभव, संघर्षका स्मृतिहरू तथा त्यस समयका महत्वपूर्ण घटनाक्रमबारे विस्तृत जानकारी पनि प्राप्त गर्नुभयो। श्री अन्तरे राईले आन्दोलनका दिनहरूमा गोर्खा जनताको अधिकार, पहिचान र स्वाभिमानका लागि गरिएको संघर्षको कथा सुनाउँदै त्यसबेलाको राजनीतिक परिस्थिति, जनताको उत्साह र आन्दोलनको वास्तविकता बारे विधायक तामाङलाई जानकारी दिनुभयो। उहाँका अनुभवहरू केवल इतिहासका पाना मात्र नभई भावी पुस्ताका लागि प्रेरणादायी मार्गदर्शनका रूपमा रहेको उल्लेख गरिएको छ। माननीय विधायक श्री निरज जिम्बा तामाङले पनि आन्दोलनका अग्रज योद्धाहरूको योगदान अमूल्य रहेको बताउँदै, उहाँहरूका अनुभव र आशीर्वादले वर्तमान पुस्तालाई सही दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। यस प्रकारको भेटघाटले आन्दोलनका इतिहासलाई सम्झना गर्ने मात्र नभई पुराना र नयाँ पुस्ताबीच विचार, अनुभव र प्रेरणाको सेतु निर्माण गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

Share this news
आजको रोजाइ
शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

विधानसभामा खरसाङको मुद्दा उठाउँदै विधायक सोनाम लामाले गरे छुट्टै जिल्ला घोषणाको माग

विधानसभामा खरसाङको मुद्दा उठाउँदै विधायक सोनाम लामाले गरे छुट्टै जिल्ला घोषणाको माग

गाजियाबाद–नयाँ दिल्ली रेलखण्डमा मालगाडीका ६ डिब्बा पटरीबाट उत्रिँदा रेल सेवा प्रभावित

गाजियाबाद–नयाँ दिल्ली रेलखण्डमा मालगाडीका ६ डिब्बा पटरीबाट उत्रिँदा रेल सेवा प्रभावित

आजको रोजाइ