इजरायलमा कार्यरत एउटी गोर्खे चेली मानसिक रोगले ग्रसित साथै कुलतमा लागेर घरविहीन भएकी थिइन्। जसले आफ्नो जिन्दगी बर्बाद पारेको अवस्था छ, बाटोमा सुत्ने बिमारी एकदमै गम्भीर अवस्थामा उद्धार गरिएको छ। दार्जीलिङ माटोको माया सेवा संस्थालाई उनकी छोरीले रुँदै उद्धार गरिदिने अनुरोध गरेकी थिइन्। इजराइलमा एउटा संस्थालाई पनि उहाँकी छोरीले अनुरोध गरेकी थिइन्। तर सहयोग प्राप्त नहुँदा अन्तमा दार्जीलिङ माटोको मायालाई गुहार मागेकी थिइन्। सूचना पाउनासाथ दार्जीलिङ माटोको मायाले उद्धार गरेर उनको हेरचाह गरिरहेको छ। महिलालाई फेरि आफ्नो खुट्टामा उभ्याउने प्रयास चलिरहेको छ साथै उनको पासपोर्ट र अन्य दस्तावेजहरु चोरी भएको हुनाले गर्दा, नयाँ पासपोर्ट बनाउने प्रक्रिया पनि सुरु भइसकेको छ।
विदेशमा यस्तो अवस्थामा हाम्रा छोरीचेरीहरूलाई देख्दा अत्यन्त दुःख लाग्छ, जस्तै भएपनि हामीले मानवतालाई छोड्नु हुँदैन जुनै अवस्थामा पनि हामी एककृत भएर एकअर्कामा सहयोग गर्नुपर्छ। यसक्रममा यी चेली बाटोमा अलपत्र परेर हिँडेकी धेरै महिना भएकाे रहेछ। तर कसैको नजर परेन, कसैले उनको हात समातेर फेरि नयाँ जीवन दिने प्रयास गरेनन्। तर जहाँ हाम्रा छोरीचेलीहरु अलपत्र परेका हुन्छन् सहयोगको आवश्यकता परेको हुन्छ। त्यहाँ माटोको माया पुगेर उद्धार गर्दै आएको छ। यो कार्य पनि समूहको निम्ति सहज छैन, कारण प्रदेशमा सबै आफ्नो काममा व्यस्त हुन्छन्, कसैको निम्ति एक दिन निकाल्न पनि गाह्रो पर्छ, तर यो मानवीय कार्य र व्यस्तता भन्दा जरुरी यी चेलीलाई जिन्दगी दिनु आवश्यक छ, यसको निम्ति माटोको मायाले आफ्नो काम छोड्न किन नपरोस् तर यी चेलीलाई नयाँ जिन्दगी दिने प्रतिवद्धता राखेको छ। मान्छे त्यसै भौतारिँदैन त्यसपछिको कथा एकदमै भयानक हुन्छ, बस उसलाई माया अनि सहाराको आवश्यकता छ। यहाँ देखावटी र बनावटी भन्दा पनि हात समाएर सहायता दिने केवल दार्जीलिङ माटोको माया सेवा संस्था मात्र छ, उनको जीवनलाई परिवर्तन गर्न चाल्नपर्ने पाइलाको विस्तृत देखाउनेछौं। उनको अवस्था जस्तो पनि होस् दार्जीलिङ माटोको मायाले भरपुर प्रयास गर्नेछ उनलाई नयाँ जीवन दिएर मानवताको रक्षा गर्ने, उनको अवस्था के कस्तो हुनेछ र उनको निम्ति संस्थाले कतिको देखरे गरेको छ यसको जानकारी दिंदै जाने जानकारी पाइएको छ।











