Manoj Eklakante experience Darjeeling
Manoj Eklakante experience Darjeeling

रोगसित जुझेर स्वस्थ हुँदै गएका मनोज एकलकाँटेको आफ्नो अनुभव

Share this news

प्रत्येक व्यक्तिलाई संसारमा एकचाेटि जन्मि पछि आनन्दमय तथा खुशीसङ्ग बाँच्न चाहना हुन्छ। निकाे भएर नै जीवनमा बाँच्न चाहन्छ। आफ्नो-आफ्नो बिचारा-मतनुसार ईश्वरलाई आराधाना गर्दै बाँचिरहेका हुन्छन्। जन्मपछि मृत्यु अवश्य हुन्छ। बाँचुञ्जेल गरेका कर्महरु उसले गरेका शुभ कार्यहरु नै इतिहासले काेरेर राखेको हुन्छ। यस्तै जन्म अनि मृत्युबीचकाे बचाईमा औषधी सेवन गर्नु अनि अस्पताल धाएर आधासराे जीवन बिताई रहेकाे तीताे अनुभव बाेकेर बाँचेकाे छु मैले। पहाडबाट समतलतिर झर्न परेकाे वाध्यता सबैलाई थाहा भएकाे कुराेसँगै समतलमा डाक्टर जँचाउन अनि औषधी क्रय गर्न आतुरिरहेका हुन्छन्। पहाडबाट एकजना विरामी समतल झरेपछि डाक्टर तथा दाेकानदारहरु पूरा रमाउने गर्दछन् रे। झन् त मृगाैला राेगले ग्रस्त विरामीलाई डाईलाेसिस गर्ने चलन निकै बडेकाे छ। सञ्चाे चाहिने विभिन्न तत्वमध्ये क्रिटिनाईनकाे मात्रा कम्ती भएपछि राेगीलाई अनेक राेगले चाप्न थाल्छ। यस्ताे बेला डाईलाेसिसकाे उपाय दिने गर्छन्। अस्पतालपक्षले यसाे भनेपछि पैसा भई-नभई सापट मागेर पनि डाईलाेसिस गर्न बाध्य हुन्छन्। डाईलाेसिस् नगरिकन निकाे हुने उपायहरु कम्ति बताउँछन्। मानिसका प्राणसित अस्पतालका डाक्टर तथा कर्मचारीहरुले व्यवसाय ठानिरहेछन्।

हरेक विरामीले औषधी सेवन गर्न थालेपछि खाने कुराे बार्न पनि आवश्यक ठान्दछु। शरीर निकाे बनाउन चाहँदा भने खान मन लाग्ने कुराे पनि बार्नु पर्दाे रहेछ। मन थामेर बार्न सक्याे भने क्रय गरेकाे औषधीले पनि काम गर्दाे रहेछ। निकाे हुने प्रयासमा विरामीले पनि खानु नहुने कुराेबाट टाडा रहे अवश्य पनि निकाे हुँदाे रहेछ भन्ने प्रमाण छ। अरुलाई ढाँट्न थालेपछि बिस्ताराे आफैलाई ढाँटिरहेका हुन्छन्। अन्तमा मृत्युसँग जुझ्न पुग्छन्। धेरैजना विरामीपछि निश्चित मृत्युको घरमा पुगेका छन्। १/२ उदाहरण छन् समाजमा विरामीबाट बाँचेर सबैलाई सहयाेग गरिरहेका छन्। किड्नी पीडित व्यक्तिलाई राजनीतिक नेताहरुले सहयाेग गर्ने तथा शाेसियल मिडियामा सर्वजनिक गरेर विज्ञापन बाँड्ने चलन बडेर गएकाे पाउँछाैँ। स्वास्थ साथी कार्यबाट लाखौं रुपिया पाउन सक्ने कुराे पनि सुन्नमा आएकाे छ। दर्खास्त लेखेर नेतृत्वपक्षकाे सिफारिस गरेर टुङ्गाेमा पुराउन सके अवश्य पनि लाखाैं रुपियाँ पाउन सक्नेछन् भन्ने कुराे थाहा लागेकाे छ। एकजना विरामीले जाती हुने प्रयासमा खाने कुराेमाथि ध्यान दिनु अथवा चासाे राख्नुभन्दा दर्खास्त तयार पारेर नेतृत्वपक्षतिर दाैडधूप गर्न पर्न हुन्छ। मैले दर्खास्त तयारी पक्षतिर नलागेर जाती हुने पक्षतिर मात्र लागिरहेँ। –मनोज एकलकाँटे, पुबोङ चियाबारी, दार्जीलिङ।

Share this news
आजको रोजाइ
लिंकी परखा जीपीयू, परखामा खेत बचाओ र किसान संतृप्ति अभियान

लिंकी परखा जीपीयू, परखामा खेत बचाओ र किसान संतृप्ति अभियान

सुमित रोयः तृणमूलका राष्ट्रिय महासचिव सांसद अभिषेकका नजीकमा

सुमित रोयः तृणमूलका राष्ट्रिय महासचिव सांसद अभिषेकका नजीकमा

शुभेन्दु अधिकारी सोमबार कोलकाता नगर निगम मुख्यालयको भ्रमण गर्ने

शुभेन्दु अधिकारी सोमबार कोलकाता नगर निगम मुख्यालयको भ्रमण गर्ने

जर्मनीले ७ गोलको जितका साथ विश्वकपको शानदार सुरुवात गर्‍यो

जर्मनीले ७ गोलको जितका साथ विश्वकपको शानदार सुरुवात गर्‍यो

विष्टद्वारा नौ माइलमा घरको उद्घाटन र आठ परिवारलाई घरको चाबी प्रदान

विष्टद्वारा नौ माइलमा घरको उद्घाटन र आठ परिवारलाई घरको चाबी प्रदान

फिफा विश्वकप २०२६: आइभोरी कोस्टद्वारा इक्वेडर १-० ले पराजित

फिफा विश्वकप २०२६: आइभोरी कोस्टद्वारा इक्वेडर १-० ले पराजित

फ्रेडरिक टीइका प्रतिनिधि टोलीसँग गोरामुमो अध्यक्ष मन घिसिङको भेटघाट

फ्रेडरिक टीइका प्रतिनिधि टोलीसँग गोरामुमो अध्यक्ष मन घिसिङको भेटघाट

आरजी कर मुद्दा अनुसन्धानार्थ सीबीआईद्वारा घटनास्थलको निरीक्षण

आरजी कर मुद्दा अनुसन्धानार्थ सीबीआईद्वारा घटनास्थलको निरीक्षण

विश्व रक्तदान दिवसको अवसरमा लोक्रामा असम राइफल्सद्वारा रक्तदान

विश्व रक्तदान दिवसको अवसरमा लोक्रामा असम राइफल्सद्वारा रक्तदान

शिक्षा र खेलकूदमन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षा र खेलकूदमन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

आजको रोजाइ