कोलबुङ,20 नोभेम्बर(निसं): मास्कोट युनाइटेड क्लब मालाताङद्वारा आयोजित भलिबल प्रतियोगिताको फाइनलमा आगामी 20 नोभेम्बरमा हुने भएकोछ । स्थानीय युवाहरूलाई मञ्च दिँदै खेलाडीहरु जन्माउने प्रमुख उदेश्यको साथमा बिजनबारीको गोक-दुई ग्रामको मास्कोट युनाइटेड क्लब मालाताङद्वारा आयोजित भलिबल प्रतियोगिताको फाइनलमा आगामी 20 नोभेम्बरमा हुने भएको आयोजक समितिले जनाएको छ। यसको साथमा उक्त दिन विविध रगारग कार्यक्रमको समेत आयोजना गरिने बताइएको छ।
यसैबीच प्रतियोगिताको पहिलो सेमिफाइनलमा साजबोटे भलिबल दलले खोप्रेल भलिबल दललाई तथा दोस्रो सेमिफाइनलमा एनवाईसी नेजीले सीपीकेएसलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। विगत तीन हप्तादेखि वरिपरिको विभिन्न गाउँहरुका दलहरूलाई लिएर आयोजित प्रतियोगिता पहिलो चरणमा केवल अन्तर गाउँ स्तरमा खेलाइएको थियो भने क्वाटरफाइनलदेखि प्रतियोगीमा बाहिरबाट प्रत्येक दलमा दुई जनालाई खेलाउन सकिने नियम राखिएको थियो भने भने प्रतियोगितामा विजेता एव उपविजेता दललाई नगदसहितको पुरस्कार प्रदान गरिने आयोजना समितिले जनाएको छ।