लेबुङ भेल्ली ग्राम पञ्चायत १ अन्तर्गत वर्ड नम्बर ६ का स्थानीय ” रंगीट गाउँ सुधार सम्मेलन समाज ” पी० डब्लु० डी० बिभागमा कार्यरत सदस्य एवं ग्राम पञ्चायत वार्ड नम्बर ६ का निर्वाचित सदस्य श्रीमती सरिता सुब्बा राईको पहलमा अप्पर रंगीट ३ माईल माँ बैष्णवी देवी मन्दिर परिसरको मूल सडक वरिपरि सरसफाई गरियो ।
लेबुङदेखि चित्रे बजार, तीन माई हुँदै दार्जीलिङ शहरसंग जोडिएको उक्त मूल सडकमा हिजआज रात्रीको समयमा मात्र नभएर दिनमा पनि गाडी पार्किङ गरिने गरिएको छ ! स्थानीय समाज सदस्यहरूको भनाई अनुसार माँ बैष्णवी देवी मन्दिरको ठीक अघिल्तिर गाडी पार्किङ गरिने ठाउँमा एकदमै धेरै फोहोर मैला गरेर मन्दिर परिसर नै फोहोरको चपेटामा परेको गुनासो छ। यही कुरालाई ध्यान दिएर सरसफाई गरिएको हो।
