Pathashree-Rastashree" Scheme: Scam and Analysis -

जीटीए 8 विपक्षी सभासदहरको  पत्र इन्टरलक्युटर-लाई

Share this news

दार्जीलिङ,23 दिसमबर(निसं): भारत सरकारद्वारा दार्जीलिङ पहाड़, सिलगढी र तराई-डुवर्स अनि गोर्खाजातिको दीर्घकालिन समस्याहरूका समाधानार्थ मनोनीत मध्यस्थकर्ता (इन्टरलक्युटर) अवकाशप्राप्त आईपीएस क्य्यपंकज कुमार सिहंलाई गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन(जीटीए)-मा निर्वाचित तथा विपक्षीमा रहेका आठजना सभासदहरूले
गत 18 दिसम्बरको दिन पत्रचार गरिएको थियो। उक्त पत्रको प्रतिलिपी दार्जीलिङ लोकसभा सांसद राजु विष्ट अनि पश्चिम बङाल सरकारका मुख्यसचिव डा. मनोज पन्त(आईएएस)-लाईपनि पठाइएको थियो भनी सभासद विनय तामाङले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्। सभासद विनय तामाङले प्रेस विज्ञप्ति मार्फत जानकारी दिए अनुसार, केन्द्र सरकारद्वारा मनोनीत मध्यस्थकर्ताको नियुक्तिलाई स्वागत जनाउॅदै दार्जीलिङ  पहाड़को निर्वाचित जनप्रतिनिधिको पक्षबाट दार्जीलिङ पहाड़, सिलगढी, तराई अनि डुवर्स लगायत गोर्खाजातिको दीर्घकालिन समस्याहरूको समाधानका बाटो निकाल्न गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका निर्वाचित विपक्षी सभासदहरूले मध्यस्थकर्ता पंकज कुमार सिहंलाई क्षेत्रको भ्रमण अवधि भेट गर्नको साथै दिल्लीमा उनीसित वार्ता गर्नको निम्ति अनुरोध गरिएकोछ।
जानकारी अनुसार, पत्रचार गर्ने गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका विपक्षी सभासद क्रमैले विनय तामाङ , अजय लुकास एडवार्ड , पाल्देन तामाङ, रूबेनदास प्रधान, जितेन राई , रवर्ट छेत्री, प्रतिम सुब्बा अनि सन्नी  तामाङ रहेका छन् भनी सभासद तामाङले बताएका छन्।

Share this news
आजको रोजाइ
गोर्खाल्याण्ड प्राप्तिको संघर्ष गर्ने उर्जा प्राप्त भएको छ: जितेन राई

गोर्खाल्याण्ड प्राप्तिको संघर्ष गर्ने उर्जा प्राप्त भएको छ: जितेन राई

फाटापुकुरको शारदामणि उविमा माता शारदाको १७३औँ जयन्ती

फाटापुकुरको शारदामणि उविमा माता शारदाको १७३औँ जयन्ती

सरिफ ओस्मान हादीको हत्यापछि बंगलादेशमा बढ्दो अशान्ति

सरिफ ओस्मान हादीको हत्यापछि बंगलादेशमा बढ्दो अशान्ति

सिलगढी-दार्जीलिङ ट्याक्सी विवाद चर्कियो, यात्रुहरू पर्ने मर्कामा

सिलगढी-दार्जीलिङ ट्याक्सी विवाद चर्कियो, यात्रुहरू पर्ने मर्कामा

पाँच ‘ज’ र एक ‘जाँगर’ले बनेका किसान

पाँच ‘ज’ र एक ‘जाँगर’ले बनेका किसान

युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

विद्याज्योति अकादमी बिजनबारीको स्थापना दिवस भव्य पालन

विद्याज्योति अकादमी बिजनबारीको स्थापना दिवस भव्य पालन

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?

विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

आजको रोजाइ