जन्मेदेखि नै शरीरमा जटिल समस्या बोकेर आएको यो बाबुले निको हुने क्रममा विगत नौ महीनादेखि धेरै पीडा भोगिरहेको छ। जसमा सर्जरी पनि सहेको छ। यतिखेर हातखुट्टा फ्याँक्दै चिच्चाएर मुस्कुराएर आमाबुवा र सबैलाई आकर्षित पार्ने समयमा यस्तो पीडा भोगिरहेको छ। दिल्ली नजीकै हरियाणाको फरिदावाद सेक्टर 88 को अमृता अस्पतालमा यो बाबुको उपचार चलिरहेको छ। विश्वमा नै नगण्य रहेको यस्तो समस्यामा परेको यो बाबुका बुवा भीम तामाङ र आमा अत्यन्त पीडामा क्षणक्षणमा मर्दै बाँचिरहेका छन्। डाक्टरहरू उसलाई निको पार्ने प्रयासमा लागिपरेका छन्। उसको उपचारमा पैसाको नदी बगिरहेछ। अझ बहाउन पर्ने छ। तर उसको बुवासित पैसाको नदी गाउने सामर्थ्य छैन। त्यसैले यो बाबुको उपचारमा उदार हृदयीहरूलाई अघि आउने अनुरोध गरिन्छ। सहयोग गर्न चाहाने महानुभावहरूले भीम तामाङलाई 8800149730 मा सम्पर्क गरिदिने अनुरोध गरिन्छ।
