दार्जीलिङ,१७ नोभेम्बर (निस)): दशैं र तिहारको कारण अल्झिएको चिया बगानका विविध मुद्दा र मागहरू अब पुनः उठ्ने सम्भावना छ।(पहाड़का श्रमिक सङ्गठनहरूले यस्तै सङ्केत दिइरहेका छन्। सबै
———————————————————————————————————————————————–
श्रमिकहरूको पीएफ, ग्रेच्यूटी, फौलाई, न्यूनतम हाजिरा, बन्द बगानहरू खोल्नेलगायत २०२३-२०२४-को रहल ४ प्रतिशत बोनस।
———————————————————————————————————————————————–
कतिपय बगानमा श्रमिक अनि स्टाफ र सब-स्टाफहरूले काम गरेर पनि समयमा खर्च, तलब पाइरहेका छैनन्।
———————————————————————————————————————–
मालिकपक्षले रहल ४ प्रतिशत बोनस दिने इच्छा देखाएको छैन)
———————————————————————
श्रमिक सङगठनहरूले बैठक बसेर चियाबारीका विविध समस्याहरू उठाउने निधो गरेका छन्। यस कुन्सको पुष्टि क्रामाकपा श्रमिक सङ्गठनका केन्द्रीय महासचिव तथा जोइण्ट फोरम पहाड़ समितिका प्रवक्ता सुनिल राईले गरेका छन्। उनले बताएअनुसार अब आउने दिनमा सबै श्रमिक सङ्गठनहरूले सभा गर्नेछन् र त्यसपछि बगानका मुद्दाहरू उठान गरिनेछ। माग पूरा नभए आन्दोलन गर्नबाहेक अर्को विकल्प नरहेको कुरा श्रमिक सङ्गठनहरूको भनाइ छ। श्रमिक सङ्गठनहरूले उठाउने तयारी गरिरहेका मुद्दाहरूमा चिया कमानका श्रमिकहरूको पीएफ, ग्रेच्यूटी, फौलाई, न्यूनतम हाजिरा, बन्द बगानहरू खोल्नेलगायत २०२३-२०२४-को रहल ४ प्रतिशत बोनसको कुरा प्रमुख रहेको छ। यी सबै मागहरूहरूमध्ये धेरैजसो नै विगत धेरै वर्षदेखि श्रमि क सङ्गठनहरूले गर्दै आइरहेका मागहरू हुन् जुन एउटै पनि पूरा भएको छैन। चिया श्रमिकहरूको समस्या समाधानको निम्ति सबै
श्रमिक सङ्गठनहरू एक हुनु आवश्यक रहेको सुनिल राईको भनाइ छ। पहाड़का धेरैवटा चिया बगानहरूको अवस्था खस्किँदै गइरहेको छ। कतिपय बगानमा श्रमिक अनि स्टाफ र सब-स्टाफहरूले काम गरेर पनि समयमा खर्च, तलब पाइरहेका छैनन्। न्यूनतम हाजिरा लागू गनार्थ गठन गरिएको मिनिमम वेज एडभाइजरी कमिटीले वर्षों बितिसक्दा पनि कुनै ठोस काम गर्न नसक्दा उक्त कमिटीको भूमिकामाथि पनि प्रश्नहरू उठिरहेको छ। कतिपय बन्द बगानका श्रमिकहरूले फौलाई पाउन सकिरहेका छैनन्। पहाड़का धेरैवटा बगानहरू बन्द अवस्थामा छ। सरकारले हस्तक्षेप गरेर बन्द बगानहरू खोलिनुपर्ने माग श्रमिक सङ्गठनहरूको छ, तर सरकार पक्षले भने यस कुरालाई गम्भीरतापूर्वक लिएको देखिएको छैन। श्रमिकहरूले पाउनुपर्ने रहल ४ प्रतिशत बोनसको कुरा पनि थाँतीमा नै छ। श्रमिक सङगठनहरू ४ प्रतिशत बोनस छोड्ने पक्षमा छैनन् भने मालिकपक्षले पनि रहल ४ प्रतिशत बोनस दिने इच्छा देखाएको छैन। यसैले रहल ४ प्रतिशत बोनस श्रमिकहरूले पाउला के भन्ने प्रश्न पनि उठिरहेको छ। यसको साथै चिया बगानहरूमा एकपछि अर्को समस्याहरू थपिंदै गइरहेको छ। यसको कारण पहाड़का चिया बगानहरूको सुरक्षित भविष्य लिएर नै प्रश्न उठ्न थालेको देखिन्छ। चिया बगानहरूमा यस्ता धेरै समस्याहरू छन्, जसको समाधान निस्किए मात्र बगानको अवस्थामा सुधार आउन सक्छ, नत्र चिया बगानहरूको अझै सोचनीय भएर जाने प्रबल सम्भावना छ।