गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत रिम्बीक–लोधोमा समष्टि अन्तर्गत बतासे–कंकेबुङ शाखाको लोवर कंकेबुङ माझी गाउँस्थित रूबेन लिम्बूको निवासमा एक महत्वपूर्ण सांगठनिक सभा सम्पन्न भएको छ। रतन कुमार लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त सभाको मुख्य उद्देश्य कंकेबुङ प्रशाखा गठन गर्दै संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउनु रहेको थियो। सभामा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल र विचार–विमर्श गरिएको थियो। सहभागीहरूको सर्वसम्मत निर्णयअनुसार कंकेबुङ प्रशाखा गठन गरिएको हो। सभाले सर्वसम्मत रूपमा निम्न पदाधिकारीहरू चयन गरेको छ– सभापति: बादल लिम्बू, उपसभापति: बुद्ध लिम्बू, मूल सचिव: मिथुन लिम्बू र सह–सचिव: रूबेन लिम्बू, कोषाध्यक्ष: अजित लिम्बू। प्रमुख सल्लाहकार: नरधोष लिम्बू, सुनील लिम्बू सल्लाहकार: आर. के. लिम्बू, रुद्र लिम्बू। नवनिर्वाचित पदाधिकारीहरूलाई सभाले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीको नीति, सिद्धान्त र उद्देश्यलाई जनस्तरसम्म पुर्याउने जिम्मेवारीका साथ इमानदारीपूर्वक कार्य गर्न आग्रह गरेको छ। सभाको अन्त्यमा उपस्थित सम्पूर्ण सदस्यहरूले गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय समिति अध्यक्ष मन घिसिङको नेतृत्व, मार्गदर्शन र निर्देशनलाई पूर्ण रूपमा आत्मसात गर्दै संगठनलाई गाउँ–गाउँसम्म विस्तार गर्ने, पार्टीलाई अझ सशक्त बनाउने तथा जनताको हितमा समर्पित भएर निरन्तर काम गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्। यस प्रशाखा गठनसँगै रिम्बिक–लोधोमा समष्टिमा गोरामुमोको सांगठनिक विस्तारले थप गति लिएको विश्वास व्यक्त गरिएको छ।












