पार्टीको झण्डा घरको धुरीमा होइन, मन-मस्तिषकमा गाढे त्यसले उन्मुक्ति दिनेछ: जितेन राई

Share this news

आजको सभामा मैले जिम्मेवार,इमान्दारहरू हुल देखे यो भनाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य तथा निर्वाचित सभासद जितेन राई को हो।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यालय पी कोठीमा आज पार्टीको सांगठनिक सभा सम्पन्न भयो।आयोजित सभालाई सम्बोधन गर्ने क्रममा जितेन राईले भगवान बुद्धको जीवनीलाई स्मरण गर्दै तिनले भने जब सिधार्थ भगवान बुद्ध भएर आएका थिए अनि उनको वाणी सुन्नेहरूको भीड थियो तर उनले आफ्नो वाणीहरू सुनाउने समयलाई विलम्ब गर्दै गर्यो,विलम्बको कारणले भीडको संख्या घटदै गयो घटदै गयो,जब भीडको संख्या घटेर एक सय पुग्यो तब उनले आफ्नो धर्म सार तथा वाणीहरू सुनाएका थिए अनि उनले त्यस समय भनेका थिए धर्म सार सुनाउन मलाई भीड होइन इमान्दार अनि जिम्मेवार बोद्य भएकाहरू चाहिन्छ।मैले सिकेको धर्म ज्ञान,मानव सारहरू उनीहरू सबै सिक्न सकोस भन्ने मेरो सोंच हो भन्ने भगवान बुद्धले भनेका थिए।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको आजको सभामा मैले त्यस्तै सोंच,विचार भएकाहरू देखे जितेन राईले बताए।तिनले अघि भने सबै बुढो हुन्छ,दार्जीलिङको राजनैतिक इतिहासलाई हेर्ने हो भने अहिलेसम्म धेरैवटा राजनैतिक पार्टीहरूको गठन भई सकेका छन्,भविष्यमा अझ राजनैतिक पार्टीहरूको गठन हुन सक्छ तर कुनै पार्टीको झण्डाले विचार बोकेको हुन्छ।त्यस्तै सोंच र विचार इण्डियन गोर्खा जनशक्ति फ्रण्टको झण्डाले बोकेको छ।इण्डियन गोर्खा जनशक्ति फ्रण्टको यो झण्डाले पहाड तराई डुवर्स तथा गोर्खाहरूको उतम सोंच बोकेको छ अनि यसलाई सकारात्मक रूपमा परिणत गर्न तपाई हामी इमान्दार हुन पर्छ,घर धुरीमा पार्टीको झण्डा गाढेर हुँदैन,आफ्नो मन र मस्तिषकमा गाढन सक्नु पर्छ,यदि हामीले आफ्नो मन मस्तिषकमा झण्डा गाढेका छौ भने यो आईजीजेएफको झण्डाले पहाड तराई डुवर्स तथा गोर्खाहरूको उन्मुक्ति अवश्यै गर्नेछ।सन 1947 मा देश स्वाधीन भएपछि सन 1950,51 मा चुनाव भएको थियो।देश स्वाधीन भएपछि मुस्लिमहरूको निम्ति पाकिस्तान देश गठन भयो अनि हिन्दुहरूको लागि भारत देश गठन भएको हो,त्यस समय धेरैले आफ्नो प्राणको आहुति दिए तर कश्मीरलाई ल्याउँदा दुईवटा संविधान तयार गरेको थियो अनि यो सोच्नु पर्ने विषय हो।श्यामाप्रसाद मुखर्जी लाई यो कुरा मन परेको थिएन अनि विरोध गरेको थियो।श्यामाप्रसाद मुखर्जीले चुनव जितेर नेहरूको मंत्री मण्डलमा रहेको श्यामा प्रसाद मुखर्जीले एउटा देशमा दुईवटा संविधान,दुईवटा विधान हुनुहुँदैन भनेर विरोध गरेर कांग्रेस पार्टी छोडेका थिए।उनले भारतीय जन संघ को गठन गरेको थियो।त्यो भारतीय जन संघ नै पछि गएर भारतीय जनता पार्टी भएको हो।45 वर्षपछि भारतीय जनता पार्टीले देशमा सरकार गठन गरेको हो। श्यामा प्रसाद मुखर्जीको जस्तै समिक भट्टाचार्यले पनि संघर्ष गरेको हो तर हामी गोर्खाहरू धैर्यता गर्न सक्दैनौ।इण्डियन गोर्खा जनशक्ति फ्रण्ट अर्कै प्रकारले गठन भएको राजनैतिक पार्टी हो भन्ने जितेन राईले बताए।गोर्खाल्यान्डको मुद्दाले आजसम्म किन पार पाउन सकेको छैन यस्तै विषयहरू रहेको राईले बताए। गोजमुमो प्रमुख विमल गुरूङलाई हामीले भनेका थियौ हामीलाई जति कुदाउनु हुन्छ कुदाउनु होस तर गोर्खाल्यान्डलाई लक्ष्यमा पूराउनु होस तर गोर्खाल्यान्डको मुद्दा लक्ष्यमा पूग्न सकेनन यसको मुख्यकारण विमल गुरूङसंग लक्ष्यसम्म पूराउने भिजन नै थिएन।अलग राज्य गोर्खाल्यान्डको लागि हामी 23 दिन आमरण अनशनमा बसेका थियौ,त्यस समय हाम्रो पिसाबबाट खून जानु थालेको थियो गोर्खाल्यान्डको लागि आफैलाई इमान्दार बताउने नेताहरू हेर्नेसम्म आएनन्।गोर्खाल्यान्डको लागि आज पनि युवाहरू सबै थोक गर्न तयार छ तर नेतृत्व इमान्दार हुन पर्छ,उनीसंग भिजन हुन पर्छ अनि साथमा धैर्यता पनि आईजीजेएफ कार्यकर्ता जितेन राईले बताए।

Share this news
आजको रोजाइ
पार्टीको झण्डा घरको धुरीमा होइन, मन-मस्तिषकमा गाढे त्यसले उन्मुक्ति दिनेछ: जितेन राई

पार्टीको झण्डा घरको धुरीमा होइन, मन-मस्तिषकमा गाढे त्यसले उन्मुक्ति दिनेछ: जितेन राई

‘८० को दशकका अग्रज आन्दोलनकारीहरूसँग गोरामुमोको आत्मीय भेटघाट

‘८० को दशकका अग्रज आन्दोलनकारीहरूसँग गोरामुमोको आत्मीय भेटघाट

थोत्रे जीटीए ब्यवस्थाको लागि अजय एडवडर्स उपयुक्त छैनन्: वीरेन्द्र तामाङ

थोत्रे जीटीए ब्यवस्थाको लागि अजय एडवडर्स उपयुक्त छैनन्: वीरेन्द्र तामाङ

गोरामुमो अध्यक्ष घिसिङको उपस्थितिमा गोरामुमोको सांगठनिक सभा

गोरामुमो अध्यक्ष घिसिङको उपस्थितिमा गोरामुमोको सांगठनिक सभा

वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा समाजसेवी अकाय ली टाउ फाको निधन

वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा समाजसेवी अकाय ली टाउ फाको निधन

“मेरा गाँउ मेरा गौरव” अन्तर्गत किसान-वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम

“मेरा गाँउ मेरा गौरव” अन्तर्गत किसान-वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम

शिक्षामन्त्री बस्नेतसङ्ग विक्रमशिला शिक्षा स्रोत समाज टोलीको बैठक

शिक्षामन्त्री बस्नेतसङ्ग विक्रमशिला शिक्षा स्रोत समाज टोलीको बैठक

गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

आजको रोजाइ