गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

Share this news

गोर्खा जनमुक्ति मोर्चा सिटोङ – लाटपञ्चर समष्टिका प्रतिनिधिहरूद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयमा सौहार्दपूर्ण भेटवार्ता सङ्गै विभिन्न विषय लिएर ज्ञापनपत्र चढाएका छन्। उक्त भेटवार्ता अवधिमा सिटोङ -३ ग्रा.प. प्रधान रिना तामाङ उपप्रधान लाडुप लेप्चा सचिव सरोज थापा ई.ए. सन्तोष सिंग लगायत केही ग्रामसदस्यहरुको उपस्थिति रहेको थियो। यसैगरि गोजमुमो पक्षवाट सिटोङ लाटपञ्चर गोजमुमो अध्यक्ष सुनिल राई केन्द्रीय समिति युमो० सदस्य निशचल राई हाईवे प्रतिनिधि सचिन छेत्री भुपु० खरसाङ सयोंजक प्रेम बारालुङ्ग राई नारी नेतृत्व प्रतिका राई लगायत अन्य पदाधिकारीवर्ग उपस्थित रहेका थिए ।

गोजमुमो प्रतिनिधि टोलीले विशेष गरेर दुईस्तरीय पञ्चायती व्यवस्था शुरु भएदेखि यता पञ्च्यात मार्फत भएका /गरिऐका विविध जनबिकासमुलक कार्यहरु के कस्तो प्रकारले कार्यन्वयन भएको छ। कुन कुन विभागवाट बिकास परियोजनाहरु स्वीकृत भएर आयो अनि ती कुराहरु सठिक ठाउँमा कार्यन्वयन भए कि भएन अथवा जरुरतमंद लाभार्थीहरुले पाँउन सके या सकेन भन्ने विषयहरु उठान गर्दै सिटोङ क्षेत्रमा निम्न कुराहरुलाई प्रमुखता दिने सुझाव राखेका छन्। जसमा सिटोङ क्षेत्रमा दिनप्रति असीमित होमस्टे / घरहरु निर्माण भईरहेछ यसको निम्ति कति तल्लासम्म बनाँउन सक्ने प्रावधान रहेको छ ?

यसरीनै जलजीवन मिशन स्वच्छ भारतसंग सम्बन्धित विषय सिटोङ लाटपञचरमा बढदो पार्किङ समस्या केन्द्र अनि राज्यद्वारा दिइने आवास योजना आहाल भ्यु पोइण्टमा टोल ट्याक्स उठाएको आदि वारेमा लिखित जानकारीको माग गरेका छन्।

उक्त सन्दर्भमा सिटोङ -३ ग्रामपञ्च्यात कार्यलय पक्षले पनि आज गोजमुमो प्रतिनिधि टोलीले उठान गरेका सबै विषयहरुको यथाशीघ्र लिखित जानकारी उपलब्ध गराउने बचबद्धता जाहेर गरेका छन्।

Share this news
आजको रोजाइ
वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा समाजसेवी अकाय ली टाउ फाको निधन

वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा समाजसेवी अकाय ली टाउ फाको निधन

“मेरा गाँउ मेरा गौरव” अन्तर्गत किसान-वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम

“मेरा गाँउ मेरा गौरव” अन्तर्गत किसान-वैज्ञानिक अन्तर्क्रिया कार्यक्रम

शिक्षामन्त्री बस्नेतसङ्ग विक्रमशिला शिक्षा स्रोत समाज टोलीको बैठक

शिक्षामन्त्री बस्नेतसङ्ग विक्रमशिला शिक्षा स्रोत समाज टोलीको बैठक

गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

गोजमुमो टोलीद्वारा सिटोङ -३ ग्रामपञ्च्यात कार्यालयसंग भेटवार्ता

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

सामाजिक-आर्थिक सर्वेक्षणको लागि ८१ औं चरणको प्रशिक्षण शिविर

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

मुख्यमन्त्री तामाङद्वारा बागडोग्रा विमानस्थल छेउ सिक्किम हाउसको भ्रमण

साधनाले सिँचेको अजनिश राईको सांगीतिक यात्रा

साधनाले सिँचेको अजनिश राईको सांगीतिक यात्रा

टाटा सन्स बोर्डको विशेष बैठक, सूचीकरण र नेतृत्वको भएन कुनै निर्णय

टाटा सन्स बोर्डको विशेष बैठक, सूचीकरण र नेतृत्वको भएन कुनै निर्णय

“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

आजको रोजाइ