दार्जीलिङको वार्ड न० 17, लुइस जुबली कम्पलेक्सका सरकारी क्वाटरमा गत रात गएको पहिरो स्थलमा पुग्यो इण्डियन गोर्खा जनशक्ति फ्रण्टको टोली। स्थानीय वासिन्दाहरुसँग कुराको आदानप्रदान गर्ने क्रममा, एक वर्ष अघिनै स्थानीय समाजले सोही क्वाटरको दयनीय स्थिति बारे जीटीए अनि जीटीए प्रमुखलाई जीर्णोद्धारको निम्ति पत्रचार गरिसकेको थियो। तर सम्बन्धित निकायहरुबाट केही ठोस कार्य भएको गुनासो पीडितहरूले गरेको आइजीएफको टोली प्रमुख राब्गे राईले बताएका छन्।
