जीटीए प्रशासनिक र वैधानिक संकटबारे २० सभासदहरूको महत्त्वपूर्ण बैठक

Share this news

जीटीएको प्रशासनिक र वैधानिक संकटबारे २० निर्वाचित सभासदहरूको महत्त्वपूर्ण बैठक भएको थियो, जुन बैठकमा विशेष गरी जनभावना अनुरूप कडा कदम चाल्ने निर्णय गरिएको छ। दार्जीलिङ पहाडको वर्तमान राजनैतिक स्थिति अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा देखा परेका गम्भीर प्रशासनिक एवं वैधानिक संकट आदि माथि विस्तृत चर्चा-परिचर्चा गर्न गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका २० जना निर्वाचित सभासदहरू माझ आज एक महत्त्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा उपस्थित हुन नसकेका अन्य ५ जना सभासदहरूले समेत आजको सभाले लिएका निर्णयहरूमा आफ्नो पुर्ण सहमति र ऐक्यबद्धता जनाएका छन्।

​बैठकले आम जनभावनालाई शिरोपर राख्दै, भावी दिनहरूमा जनप्रतिनिधिको धर्म निभाउने संकल्प गरेको छ। यसका साथै वर्तमान गतिरोध र संकटको निकासका निम्ति सम्भावित विकल्पहरू माथि गहन मन्थन गरी कतिपय दूरगामी निर्णयहरू लिइएका छन्।

​बैठकका मुख्य निर्णयहरू:

  • कानुनी प्रावधान र समाधानको खोजी: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमाथि आइपरेका प्रशासनिक एवं वैधानिक संकटहरूलाई आम जनताको हित, अधिकार अनि न्यायको निम्ति समाधान गर्न जोड दिइएको छ। पश्चिम बंगाल सरकारले गणतान्त्रिक पद्धतिमा ‘गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन ऐन, २०१२’ तथा सरकारी कानुनी प्रक्रिया र प्रावधानहरू अन्तर्गत भविष्यमा ल्याउने कुनै पनि समाधानका प्रणालीहरूलाई स्वीकार गर्ने निर्णय बैठकले गरेको छः
  • ​विज्ञहरूको सल्लाह लिइने: वर्तमानमा उत्पन्न जटिल गतिरोधहरूमाथि कानुनी स्पष्टता र ठोस कदमका लागि विज्ञ कानुनविद्हरूको विशेष सल्लाह लिने थप निर्णय पनि गरिएको छ।
  •  उच्च अधिकारीहरूलाई लिखित ध्यानाकर्षण: आजको महत्त्वपूर्ण बैठकमा लिइएका सम्पुर्ण निर्णयहरूलाई यथाशीघ्र पश्चिम बंगालका महामहिम राज्यपाल, माननीय मुख्यमन्त्री (पश्चिम बंगाल सरकार), मुख्य सचिव, गृह तथा

पार्वतीय मामिला सचिव, माननीय सांसद श्री राजु विष्ट, मुख्य सचिव, जीटीए, दार्जिलिङका जिल्ला शासक अनि दार्जिलिङका जिल्ला पुलिस अधीक्षक – लाई लिखित रूपमा अवगत गराइनेछ।
​बैठकमा उपस्थित सभासदहरू:

  1.  विनय तामाङ,
  2. अजय लुकास एडवर्डस्,
  3. लाक्पा नामग्याल भोटिया,
  4. उदय देवान,
  5. राजेश चौहान,
  6. मिलेश राई,
  7. नुरी शेर्पा,
  8. विकाश राई,
  9. दावा तेन्जी शेर्पा,
  10. कुमार शर्मा,
  11. कमल सुब्बा,
  12. पीरे राई,
  13.  डेन्डुप पाखरीन,
  14. सिनोरा नाम्चु,
  15. जितेन राई,
  16. प्रतिम सुब्बा,
  17. रबर्ट छेत्री,
  18. रूबेनदास प्रधान,
  19. सन्नी तामाङ अनि
  20. सुमन गुरुङ।

Share this news
आजको रोजाइ
भाजपाको सिक्किम प्रतिनिधिमण्डलले केन्द्रीय पर्यटन मन्त्रीलाई भेट्यो

भाजपाको सिक्किम प्रतिनिधिमण्डलले केन्द्रीय पर्यटन मन्त्रीलाई भेट्यो

क्रामाक्पा अध्यक्ष जेबी राईलाई, फेरि गलती नगर्न, मनोज बोगटीको अनुरोध

क्रामाक्पा अध्यक्ष जेबी राईलाई, फेरि गलती नगर्न, मनोज बोगटीको अनुरोध

फिफा विश्वकप २०२६ः पोर्चुगलको उत्कृष्ट प्रदर्शन, उज्बेकलाई जित्यो ५-०ले   

फिफा विश्वकप २०२६ः पोर्चुगलको उत्कृष्ट प्रदर्शन, उज्बेकलाई जित्यो ५-०ले   

रोनाल्डोः फुटबलर मात्र होइनन्, साँचो अर्थमा जीवनका महानायक हुन्

रोनाल्डोः फुटबलर मात्र होइनन्, साँचो अर्थमा जीवनका महानायक हुन्

ऋषिहाट-ब्लुमफिल्ड समष्टिमा गोरामुमोको संगठन विस्तार, ४०घर आबद्ध

ऋषिहाट-ब्लुमफिल्ड समष्टिमा गोरामुमोको संगठन विस्तार, ४०घर आबद्ध

मुख्यमन्त्रीको विधानसभामा गर्जन, भ्रष्टाचारविरुद्ध कडा कार्बाही गर्न वचनवद्ध

मुख्यमन्त्रीको विधानसभामा गर्जन, भ्रष्टाचारविरुद्ध कडा कार्बाही गर्न वचनवद्ध

अभिषेकले ‘डीजे केस’मा आवाजको नमूना दिने, सीआईडीको अनुसन्धान तीव्र

अभिषेकले ‘डीजे केस’मा आवाजको नमूना दिने, सीआईडीको अनुसन्धान तीव्र

हर्मुज जलडमरूम खोल्दा ऊर्जा सुरक्षामा ठूलो फाइदा हुनेछ: भारत

हर्मुज जलडमरूम खोल्दा ऊर्जा सुरक्षामा ठूलो फाइदा हुनेछ: भारत

जीटीए प्रशासनिक र वैधानिक संकटबारे २० सभासदहरूको महत्त्वपूर्ण बैठक

जीटीए प्रशासनिक र वैधानिक संकटबारे २० सभासदहरूको महत्त्वपूर्ण बैठक

सिक्किमले पहिलोपटक पोलारिस साहसिक अभियानको कोशेढुङ्गा गाड्यो

सिक्किमले पहिलोपटक पोलारिस साहसिक अभियानको कोशेढुङ्गा गाड्यो

आजको रोजाइ