गोर्खा राष्ट्रिय नारी संगठन सौरेनी समष्टि गठन, शर्मिला राई संयोजिका चयन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्राञ्च कमिटी अन्तर्गत सौरेनी समष्टिमा गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) को समष्टि कमिटी गठन प्रक्रियालाई अघि बढाउँदै शर्मिला राईलाई सर्वसम्मत रूपमा संयोजिका पदमा चयन गरिएको छ। मेची हल्लने सार्वजनिक भवनमा सम्पन्न सांगठनिक सभाको अध्यक्षता समष्टि अध्यक्ष डी.बी. तामाङले गरेका थिए। सभामा समष्टि उपाध्यक्ष टीका राणा, सौरेनी शाखा अध्यक्ष डी.बी. थापा, समष्टि सचिव अशोक प्रधान, मिरिक ब्राञ्च कमिटीका निश्चल थापा लगायत समष्टिका विभिन्न प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभामा महिला संगठनलाई समष्टि स्तरमा अझ सशक्त, सक्रिय तथा व्यवस्थित बनाउने उद्देश्यका साथ शर्मिला राईलाई सौरेनी गोरानासं समष्टि कमिटीको संयोजिका पदमा चयन गर्ने निर्णय सर्वसम्मतिले पारित गरिएको जानकारी दिइएको छ। उपस्थित वक्ताहरूले नारी संगठनको संगठनात्मक विस्तार, महिला सहभागिता अभिवृद्धि तथा पार्टीका कार्यक्रमहरूलाई जनस्तरसम्म पुर्‍याउन गोरानासंको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरेका थिए। साथै, नवचयनित संयोजिका शर्मिला राईको नेतृत्वमा समष्टि कमिटीलाई पूर्णता दिँदै संगठन विस्तार अभियानलाई तीव्रता प्रदान गरिने विश्वास पनि व्यक्त गरिएको छ। संयोजिका पदमा चयन भएपछि शर्मिला राईले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै समष्टिभरि नारी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन सक्रियतापूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।सभाको निष्कर्षमा सौरेनी क्षेत्रमा गोरानासंको संगठनात्मक आधारलाई अझ मजबुत बनाउँदै महिला नेतृत्वको विकास र सहभागिता विस्तारमा विशेष जोड दिइने निर्णय गरिएको जनाइएको छ।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय नारी संगठन सौरेनी समष्टि गठन, शर्मिला राई संयोजिका चयन

गोर्खा राष्ट्रिय नारी संगठन सौरेनी समष्टि गठन, शर्मिला राई संयोजिका चयन

अम्रुत 2.0 योजनालाई साकार पारेकामा मुख्यमन्त्रीप्रति विष्टको आभार व्यक्त

अम्रुत 2.0 योजनालाई साकार पारेकामा मुख्यमन्त्रीप्रति विष्टको आभार व्यक्त

को थिइन् पेमाला ? रमण घिमिरेको रमाइलो सम्झनाको कोशेली

को थिइन् पेमाला ? रमण घिमिरेको रमाइलो सम्झनाको कोशेली

पाकिस्तानको मुजफ्फराबादमा इन्टरनेट बन्द, सेना र प्रदर्शनकारीबीच झडप

पाकिस्तानको मुजफ्फराबादमा इन्टरनेट बन्द, सेना र प्रदर्शनकारीबीच झडप

क्रामाकपा सोनादा जोन २ को स्थानीय २ शाखा कमिटीलाई लिएर सभा

क्रामाकपा सोनादा जोन २ को स्थानीय २ शाखा कमिटीलाई लिएर सभा

भारत ब्लक बैठक नभई ममतालाई झट्का, राज्यसभा सांसदको राजीनामा

भारत ब्लक बैठक नभई ममतालाई झट्का, राज्यसभा सांसदको राजीनामा

नेपाल र भारतबीचको अनन्य र बहुआयामिक द्विपक्षीय सम्बन्ध थप सुदृढ 

नेपाल र भारतबीचको अनन्य र बहुआयामिक द्विपक्षीय सम्बन्ध थप सुदृढ 

गोरामुमो बिजनबारी शाखा गठन, आसिम सुब्बा अध्यक्ष सर्वसम्मतिले चयन

गोरामुमो बिजनबारी शाखा गठन, आसिम सुब्बा अध्यक्ष सर्वसम्मतिले चयन

फाल्टाबाट भागेका टीएमसीका नेता जहांगीर खान नेपाल सीमाबाट पक्राउ

फाल्टाबाट भागेका टीएमसीका नेता जहांगीर खान नेपाल सीमाबाट पक्राउ

एनएच-१० घटनामा ज्यान गुमाएका चार पीडितलाई अन्तिम श्रद्धाञ्जली 

एनएच-१० घटनामा ज्यान गुमाएका चार पीडितलाई अन्तिम श्रद्धाञ्जली 

आजको रोजाइ