गोरामुमो बिजनबारी शाखा गठन, आसिम सुब्बा अध्यक्ष सर्वसम्मतिले चयन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत पुलबिजनबारी–गोक समष्टिको बिजनबारी शाखा कमिटी गठन गरिएको छ। उक्त जानकारी समष्टि गोरायुमो अध्यक्ष अमोद लकान्द्रीले दिएका छन्। देवमणी घिसिङको अध्यक्षतामा सम्पन्न संगठनात्मक सभामा केन्द्रीय समिति सदस्य आर.सी. गुरुङ, दार्जीलिङ ब्राञ्च कमिटीका उपाध्यक्ष गाइस सुब्बा, ममता सुब्बा, समष्टि महासचिव किरण राई, समष्टि गोरायुमो अध्यक्ष अमोद लकान्द्री, सचिव जीवन प्रधान, समष्टि सदस्य पेम्बा डुक्पा तथा चैनपुरे शाखाका गोरायुमो अध्यक्ष गोविन्द प्रधान अनि सचिव मुकुल कालिकोटे लगायत अन्य कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सभामा पुलबिजनबारी–गोक समष्टिको केन्द्र तथा राजनीतिक दृष्टिले महत्वपूर्ण क्षेत्र मानिने बिजनबारीमा संगठनलाई थप सुदृढ र सक्रिय बनाउन नयाँ शाखा गठन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको थियो। नवगठित बिजनबारी शाखा कमिटीको अध्यक्ष पदमा आसिम सुब्बा, उपाध्यक्ष पदमा राजेन प्रधान तथा सचिव पदमा सुचिता सुब्बा सर्वसम्मत रूपमा चयन भएका छन्। साथै १८ सदस्यीय कार्यकारिणी समिति समेत गठन गरिएको छ। सभामा वक्ताहरूले गोरामुमो अध्यक्ष मन घिसिङको नेतृत्वलाई थप बलियो बनाउँदै पार्टीको नीति, सिद्धान्त र सन्देशलाई जनस्तरसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए। नवगठित बिजनबारी शाखाले संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई युद्धस्तरमा अघि बढाउने निर्णय गरेको प्रतिनिधिहरूले बताएका छन्। कार्यकर्ताहरूले बिजनबारी क्षेत्रमा गोरामुमोको संगठनात्मक आधारलाई अझ सुदृढ बनाउँदै जनभावनाअनुरूप सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय नारी संगठन सौरेनी समष्टि गठन, शर्मिला राई संयोजिका चयन

गोर्खा राष्ट्रिय नारी संगठन सौरेनी समष्टि गठन, शर्मिला राई संयोजिका चयन

अम्रुत 2.0 योजनालाई साकार पारेकामा मुख्यमन्त्रीप्रति विष्टको आभार व्यक्त

अम्रुत 2.0 योजनालाई साकार पारेकामा मुख्यमन्त्रीप्रति विष्टको आभार व्यक्त

को थिइन् पेमाला ? रमण घिमिरेको रमाइलो सम्झनाको कोशेली

को थिइन् पेमाला ? रमण घिमिरेको रमाइलो सम्झनाको कोशेली

पाकिस्तानको मुजफ्फराबादमा इन्टरनेट बन्द, सेना र प्रदर्शनकारीबीच झडप

पाकिस्तानको मुजफ्फराबादमा इन्टरनेट बन्द, सेना र प्रदर्शनकारीबीच झडप

क्रामाकपा सोनादा जोन २ को स्थानीय २ शाखा कमिटीलाई लिएर सभा

क्रामाकपा सोनादा जोन २ को स्थानीय २ शाखा कमिटीलाई लिएर सभा

भारत ब्लक बैठक नभई ममतालाई झट्का, राज्यसभा सांसदको राजीनामा

भारत ब्लक बैठक नभई ममतालाई झट्का, राज्यसभा सांसदको राजीनामा

नेपाल र भारतबीचको अनन्य र बहुआयामिक द्विपक्षीय सम्बन्ध थप सुदृढ 

नेपाल र भारतबीचको अनन्य र बहुआयामिक द्विपक्षीय सम्बन्ध थप सुदृढ 

गोरामुमो बिजनबारी शाखा गठन, आसिम सुब्बा अध्यक्ष सर्वसम्मतिले चयन

गोरामुमो बिजनबारी शाखा गठन, आसिम सुब्बा अध्यक्ष सर्वसम्मतिले चयन

फाल्टाबाट भागेका टीएमसीका नेता जहांगीर खान नेपाल सीमाबाट पक्राउ

फाल्टाबाट भागेका टीएमसीका नेता जहांगीर खान नेपाल सीमाबाट पक्राउ

एनएच-१० घटनामा ज्यान गुमाएका चार पीडितलाई अन्तिम श्रद्धाञ्जली 

एनएच-१० घटनामा ज्यान गुमाएका चार पीडितलाई अन्तिम श्रद्धाञ्जली 

आजको रोजाइ