gok-high-school-organize-sports

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

Share this news

गोक, 3 दिसम्बर(निसं):अहिले विद्यार्थीहरुको शारीरिक शिक्षा अनि खेल सम्बन्धि खेलकुद कार्यक्रम आयोजन नभएको धेरै वर्ष भयो। यही कुरालाई ध्यानमा राख्दै यहाँको गोक उच्च विद्यालयले आगमी 19 दिसम्बरको दिन वरिपरिका प्राथमिक पाठशाला, एस एस के, एमएसके विद्यालयहरुका विद्यार्थी हरुलाई लिएर खेलकुद कार्यक्रम आयोजन गर्ने भएकोछ।

यस खेलकुद कार्यक्रममा जम्मा 13 वटा खेलहरु राखिएको विद्यालयका प्रधानाध्यापक नरेश योञ्जनले जानकारी दिए। यस 13 वटा खेलहरूमा पहिलो श्रेणी देखि तेस्रो श्रेणीका केटा केटी  विद्यार्थीहरुको निम्ति स्पुन रेस,स्याक रेस अनि 100 मिटरको दौड प्रतियोगिता राखिएको उनले बताए। यसरी नै चौथो श्रेणी देखि छैटौं श्रेणीका केटा केटी विद्यार्थीहरुको निम्ति थ्री लेग रेस,मेन्टल म्याथ रेस अनि 200 मिटर दौड प्रतियोगिता राखिएको छ भने सातौं श्रेणी देखि आठौं श्रेणीका केटा केटी विद्यार्थीहरुको निम्ति लङ जम्प, हाई जम्प र 400 मिटरको दौड प्रतियोगिता राखिएको छ।

यसै गरि नवौँ देखि दशौं विद्यार्थीहरुको निम्ति  4 किलोमिटर म्याराथन, सटपुट,हाई जम्प,लङ जम्प इत्यादि खेलहरु सम्पन्न गरिने सह शिक्षक सनित लामाले जानकारी दिए। यस खेलकुद कार्यक्रमले विद्यार्थीहरुमा खेलकुद प्रति प्रोत्साहन अनि जागरुक गराउने पनि लामाले बताए। धेरै वर्ष देखि खेलकुद हरुको आयोजन नभएर विद्यार्थीहरुमा विविध खेलहरु विषय ज्ञान हराउँदै गइरहेको प्रधान शिक्षक नरेश योञ्जनले अवगत गराए।


Share this news
आजको रोजाइ
स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

युवाहरूले गरे क्षतिग्रस्त सडकको मर्मत

युवाहरूले गरे क्षतिग्रस्त सडकको मर्मत