शिवखोलामा गोरामुमोको समर्थन कार्यक्रम, १५० घर पार्टीमा सामेल

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटी अन्तर्गत शिवखोला शाखामा आयोजित समर्थन कार्यक्रममा विभिन्न क्षेत्रका १५० घरपरिवार गोरामुमोमा सामेल भएका छन्। जे. एस. लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिमिटार, तीनधारे चियाबारी, तीनधारे गोलाई, चुनभट्टी गोलाई तथा नयाँ कमान क्षेत्रका परिवारहरूले पार्टीप्रति समर्थन जनाउँदै सदस्यता ग्रहण गरेका हुन्। कार्यक्रममा नवप्रवेशी सदस्यहरूलाई गोर्खा राष्ट्रिय नारी संगठनका प्रतिनिधिहरूले खादा ओढाएर स्वागत तथा शुभकामना व्यक्त गरेका थिए। यस अवसरमा बोल्दै गोरामुमोका वरिष्ठ नेता महेन्द्र छेत्रीले गोर्खा समुदाय एकजुट भएर आफ्नो अधिकार र पहिचानको संरक्षणका लागि अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले गोर्खा जातिको दीर्घकालीन आकांक्षा तथा संवैधानिक अधिकार सुनिश्चित गर्ने दिशामा सामूहिक प्रयास आवश्यक रहेको बताए। छेत्रीले गोर्खा समुदायको भविष्य सुरक्षित गर्न व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर साझा लक्ष्यतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे। उनले स्वर्गीय सुवास घिसिङले देखाएको सपना साकार पार्न अहिलेको समय उपयुक्त रहेको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। समर्थन कार्यक्रममा खर्साङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, सचिव युद्ध छेत्री, वरिष्ठ नेता महेन्द्र छेत्री, ए. के. देवान, तराई–सुकुना क्षेत्रका संयोजक नितिन छेत्री, प्रचार–प्रसार सचिव भुपेन्द्र गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री, गोरायुमो खर्साङ ब्राञ्च कमिटी अध्यक्ष रुपेश छेत्री, एचपीडब्ल्यु खर्साङ ब्राञ्च कमिटी अध्यक्ष अदिप राई, महासचिव बिरेन्द्र छेत्री, गोर्खा राष्ट्रिय नारी संगठनकी केन्द्रीय उपाध्यक्ष कमला राई, अमृता थापालगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त जानकारी पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले दिएका छन्।

Share this news
आजको रोजाइ
ममता बनर्जीलाई ठूलो धक्का, १९ सांसद र ६५ विधायकले विद्रोह गरे 

ममता बनर्जीलाई ठूलो धक्का, १९ सांसद र ६५ विधायकले विद्रोह गरे 

विधायक संजीत खरेलद्वारा सुबिनखोर मा.वि.मा नयाँ विद्यालयको उद्घाटन

विधायक संजीत खरेलद्वारा सुबिनखोर मा.वि.मा नयाँ विद्यालयको उद्घाटन

पानीघट्टा चिया श्रमिक समस्याबारे त्रिपक्षीय बैठक निष्कर्षविहीन टुंगियो

पानीघट्टा चिया श्रमिक समस्याबारे त्रिपक्षीय बैठक निष्कर्षविहीन टुंगियो

एसएमएटीका सर्वाधिक गोलकर्ता हरप्रीत भाटिया अन्तर्राष्ट्रिय सपनामा

एसएमएटीका सर्वाधिक गोलकर्ता हरप्रीत भाटिया अन्तर्राष्ट्रिय सपनामा

चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध  

चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध  

अमित शाहको सामाजिक सञ्जाल पोस्टले राजनीतिक अनुमानहरू

अरूको समस्या सुल्झाउने कोशिशमा पाकिस्तान फस्यो आफ्नै समस्यामा

अरूको समस्या सुल्झाउने कोशिशमा पाकिस्तान फस्यो आफ्नै समस्यामा

शिवखोलामा गोरामुमोको समर्थन कार्यक्रम, १५० घर पार्टीमा सामेल

शिवखोलामा गोरामुमोको समर्थन कार्यक्रम, १५० घर पार्टीमा सामेल

पूजा अगाडि दिनको १६ घण्टा काम गर्ने यातायात मन्त्री अर्जुन सिंहको भनाइ

पूजा अगाडि दिनको १६ घण्टा काम गर्ने यातायात मन्त्री अर्जुन सिंहको भनाइ

गोरामुमो तकदाह मिनिरल स्प्रिङ शाखा कमिटी गठन, सुरेस राई अध्यक्ष चयन

गोरामुमो तकदाह मिनिरल स्प्रिङ शाखा कमिटी गठन, सुरेस राई अध्यक्ष चयन

आजको रोजाइ