घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्र फेरि डाक्टर बिहीन

Share this news

तीनधारे, (निसं): घैयाबारी अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) मा फेरि डाक्टरको समस्या देखिएको छ। गत वर्ष घैयाबारी अस्पतालमा डाक्टरको समस्या हुँदा स्थानीयहरुको मागमा बागौरा स्वास्थ्य केन्द्रको डाक्टर नै सप्ताहमा तीनपल्ट यहाँ आउने गरेका थिए। तर अहिले सुकना अस्पताल ( खण्ड स्वास्थ्य केन्द्र) मा पनि डाक्टरको अभाव हुँदा यहाँ आउने डाक्टर उता व्यस्त हुनु परेको र यहाँ विगत एक हप्तादेखि डाक्टरबिना नै घैयाबारी अस्पताल सञ्चालन भईरहेको जानकारी प्राप्त भएको छ।

यस विषयमा घैयाबारीका स्थानीयहरुले अस्पतालमा आएर नर्सहरुसित सोधखोज गर्दा विगत एक हप्तादेखि डाक्टरबिना अस्पताल सञ्चालन भईरहेको जानकारी पाएका थिए। घैयाबारीका स्थानीयहरुमा बिपन विश्वकर्म, नरेन राई, रुपेस गदाल, बिजेन्द्र ठटाल साथै पञ्चायत सदस्याहरु अरुणा लामा र मिट्ठु लामा राई उपस्थित रहेका थिए। उक्त स्थानीय टोलीले सोधखोज गर्दा घैयाबारी अस्पतालमा फेरि डाक्टरको समस्या भएको जानकारी पाएका छन्‌‍। घैयाबारीका स्थानीयहरुले घैयाबारी अस्पतालमा दुईजना डाक्टरहरु स्थायी रूपमा हुनु पर्ने माग गरेका छन्‌‍।

स्थानीयहरुको पक्षमा पत्रकारहरुलाई सम्बोधन गर्दै बिपन विश्वकर्मले घैयाबारीमा फेरि डाक्टरको समस्या शुरु भएको र हामी यहाँ दुईजना डाक्टरहरु स्थायी रुपमा हुनु पर्ने माग राखेका छन्‌‍। उनले जीटीएको स्वास्थ्य विभाग समक्ष निवेदन गर्दै यहाँ डाक्टरको क्वाटर सुन्दरीकरण गरेर पानीको समस्या समाधान गरेर स्थायी रूपमा दुईजना डाक्टर हुनु पर्ने माग राखेका छन्‌‍। बिपन विश्वकर्मले यस विषयमा भने, पहिला पनि डाक्टरको अभाव हुँदा बागौडाबाट एकजना डाक्टर हप्तामा तीन दिन आउने गरेको तर अहिले फेरि डाक्टरको समस्या शुरु भएको छ। यहाँ डाक्टर आएर बस्ने इच्छा गरे पनि डाक्टर बस्ने क्वाटर पनि व्यवस्थित छैन। क्वाटर राम्रो नभएकोले डाक्टर अस्पतालमा बिमारी बस्ने बेडमा नै सुतेको जानकारी पाएका छौंँ। त्यसैले डाक्टर बस्ने क्वाटर सुन्दरीकरण गरेर साथै पानीको पनि समस्या समाधान गरिनुपर्ने हाम्रो माग रहेको छ। त्यसैले जीटीएको स्वास्थ्य विभाग समक्ष हामी घैयाबारीको स्थानीयहरुको माग छ कि यहाँ दुईजना डाक्टरहरु स्थायी रूपमा हुनुपर्छ। किनभने यो अस्पताल घैयाबारीको लागि मात्र होइन तर यसको वरिपरि रहेको स्थानहरु तीनधारे, महानदी, सिविटार, जोगमाया, सिलिम हिल, नयाँ कमान लगायतका स्थानहरुका लागि पनि महत्त्वपूर्ण रहेको छ।

Share this news
आजको रोजाइ
अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

अरण्य सप्ताह अन्तर्गत खरसाङमा वृक्षरोपण र सचेतना कार्यक्रम, विद्यार्थीलाई विभिन्न प्रतियोगितामा पुरस्कृत

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

मोदीको भाषणमा जयराम रमेशको कडा टिप्पणी

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

आजको रोजाइ