हामी सपना देख्छौं र ती सपनालाई यथार्थमा परिणत पनि गर्दै जान्छौं

Share this news

हामी केवल शिलान्यास गर्नेहरू होइनौं, हामी सपना देख्छौं र ती सपनालाई यथार्थमा परि णत पनि गर्दै जान्छौं। यसक्रममा

रङबुल–धोतरिया–रङमुक समष्टि अन्तर्गत पर्ने रङमुक, चन्द्रमानधुरा, मिलिङ, धोतरिया लगायतका स्थानीय गाउँहरूलाई जोड्ने सडक र पुल निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ। यो केवल पूर्वाधार निर्माण होइन, यो पुस्तौंदेखि छुट्टिएको आत्मीय सम्बन्धलाई फेरि जोड्ने प्रयास हो।

पहिले आफ्नै समष्टि भित्र ओहोर–दोहोर गर्न पनि अन्य समष्टि भएर जानुपर्ने बाध्यता थियो। आफ्नै घर पुग्न घुमाउरो बाटो, दुःख र झन्झट सहनुपर्ने अवस्था थियो। आज त्यो समस्या अन्त्य हुँदैछ। अब आफ्नै माटोमा, आफ्नै बाटो भएर हिँड्ने अधिकार र सहजता सुनिश्चित हुँदैछ।

विगतमा राजनीतिक दृष्टिकोणले ओझेलमा पारिएका यी गाउँहरू आज नयाँ आशा र उज्यालो भविष्यतर्फ अघि बढिरहेका छन्। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन का प्रमुख कार्यपाल श्रीमान अनित थापा को पारदर्शी सोच, प्रतिबद्धता र विकासप्रतिको इमान्दारिताले पुस्तौंदेखि देखिएको सपना साकार हुँदैछ।

यो केवल सडक र पुलको निर्माण होइन, यो विश्वासको पुनर्निर्माण हो।

यो केवल संरचना होइन, यो समृद्धि र सम्भावनाको नयाँ ढोका हो।

आउनुहोस्, यस ऐतिहासिक क्षणलाई हामी सबैले साझा गर्वका साथ मनाऔँ। हाम्रो समष्टिको विकास, हाम्रो आफ्नै हातबाट सम्भव छ भन्ने प्रमाण आज फेरि स्थापित भएको क्षेत्रीय सभासद राजेश चौहानले बताएका छन्।।

Share this news
आजको रोजाइ
शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

विधानसभामा खरसाङको मुद्दा उठाउँदै विधायक सोनाम लामाले गरे छुट्टै जिल्ला घोषणाको माग

विधानसभामा खरसाङको मुद्दा उठाउँदै विधायक सोनाम लामाले गरे छुट्टै जिल्ला घोषणाको माग

गाजियाबाद–नयाँ दिल्ली रेलखण्डमा मालगाडीका ६ डिब्बा पटरीबाट उत्रिँदा रेल सेवा प्रभावित

गाजियाबाद–नयाँ दिल्ली रेलखण्डमा मालगाडीका ६ डिब्बा पटरीबाट उत्रिँदा रेल सेवा प्रभावित

आजको रोजाइ