ऋषिहाटमा फाउण्डेसन-द्वारा रक्तदान शिविरको आयोजना

Share this news

दार्जीलिङ,17 नोभेम्बर(निसं): गत बाल दिवसको अवसरमा जम्मा 24 युनिट रक्त सग्रंह गर्दै रक्त दान जीवन दानको नारामा ऋषिहाट चियाबरीमा गुञ्जियो।दार्जीलिड जिल्ला अस्पताल , गुड नेभर हुड सोसाइटी दार्जीलिड र न्यु होप फाउण्डेसन-को संयुक्त रुपमा  आयोजित रक्तदान कार्यक्रममा रगतको महत्वमा सचेतना जगाउँन चर्चित दार्जीलिड बिसाउँने चौतारी संस्थाले पनि आर्थीक अनि शारीरिक सहयोग गरेर बडो उत्साह प्रदान गरेको थियो। जसमा संस्थाको दुवै सदस्य नम्रता रुम्बा तामाड, मुल सचिवा अञ्जु तामाड, खजाञ्चीले पनि रक्तदानसितै अहम सहयोग पुर्‍याएकोछ। यसरी नै पञ्चायत समिति चाँदनी तामाड.,पाष्टर राजेश मुखिया ,समाजीक  अभियान्ता  अनिल राई , समिन राई , निता राई मुखिया  स्वास्थ्य केन्द्र ऋषिहाट चियाबारी अनि संस्थाको सक्रिय सदश्य वर्गले अहम भुमिका निभाएको थियो भनी मुल सचिव बिरमन लामाले जानकारी दिएका छन्।जानकारी अनुसार, कार्यक्रमको थालनीमा जिल्ला अस्पताल टोली,विशिष्ट अथितिवर्गलाई माल्यार्पण गरेर आयोजक नेफ संस्थाको सक्रिय सदस्य अनि गुड नेभर हुड सदश्य नेत्र बराईलीले स्वागत जानाए। प्रमुख अथिति पास्टर राजेस मुखिया,विशिष्ट, अथिति अनिल राई,चाँदनी तामाङ,बगान प्रमुख प्रबन्धक राजीव कुमार चौधरी,सहायक प्रबन्धक पुरण राई, एकाउण्टेन अजित शर्मा , एल्डरद्वय सकुल राई,अर्जुन लेप्चा ,सुमत राई, डिकन सदिप राई , सुजित बिश्व,कृष्णा घतानी,रुथ टिकामाया बिश्व,उमेश प्रधान,अशित राई ,अशिम राई,प्रणिल राई ,सलिम तामाङ निर्मल सोताङ आदिलाई सम्बोधन गरे पश्चायत शिविरको थालनी गरियो ! जसमा 24 जना रक्तदाता ,बगान प्रमुख र सहायक प्रबन्धक वर्गलाई नेफ सभापति सेवन राईद्वारा एक मुष्ठमा धन्यबाद दिए भनी मुल सचिव बिरमन लामाले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

खोलाचन्द फाप्रीमा सांस्कृतिक संगीतमय साँझ भव्यरुपमा आयोजित

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

लिम्बू-तामाङ विरूद्ध दिएको वक्तव्यको बिनय तामाङद्वारा विरोध

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

सिक्किम INSPIRES परियोजनाको उन्नत बारटेन्डिङ्ग तालिम

भवेश विरूद्ध प्राथमिकी दर्ता

भवेश विरूद्ध प्राथमिकी दर्ता

दार्जीलिङमा सरस मेलाको समापन

दार्जीलिङमा सरस मेलाको समापन

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

ओएसडी कृष्ण लेप्चाद्वारा रिम्बी टिङ्ब्रुमको औपचारिक भ्रमण

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

जुबीन गर्गको सम्झनामा, २०० भन्दा बढी गायकहरूको भेला

रमाइलो पहाडको घमाइलो दार्जीलिङ

रमाइलो पहाडको घमाइलो दार्जीलिङ

 पैह्रो पिडितहरूको सहुलियतमा धाँधलीको खुलासा

 पैह्रो पिडितहरूको सहुलियतमा धाँधलीको खुलासा

दार्जीलिङका हुलाक टिकट सङ्कलकहरूले बनगोपेक्स पदक जिते

दार्जीलिङका हुलाक टिकट सङ्कलकहरूले बनगोपेक्स पदक जिते