बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

Share this news

आउँदो २०२६ को बङ्गाल विधानसभाको चुनाव आउन अघि सबैको नजर एकपल्ट बिमल गुरुङ तर्फ गइरहेको छ। बिमल गुरुङ पहाडका एकजना बलियो नेता हुन् उनले २०१९ मा राजु बिष्टलाई अडियो भोइसको माध्यमबाट नै भोट जिताएर सांसद बनाएका थिए। यसरी नै आज बिमल गुरुङले यस २६ को चुनावमा कुन पार्टीलाई सघाउने हो भन्ने कुरा पनि अघि आइरहेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका पीआरओ एसपी शर्मा अघिबाट नै बिमल गुरुङ र भाजपा फेरि एक भएर चुनाव लडे खतरा हुने शङ्का गर्दै उनीहरूबीच द्वन्द्व फैलाउन चाहन्छन्। किनकि यदि बिमल गुरुङ र भाजपा माझ झगडा लगाउन सके उनीहरुलाई यस चुनाव जित्न सजिलो पर्ने हुनाले गोर्खा जनमुक्ति मोर्चा र भाजपामाझ द्वन्द फैलन सक्ने खालको भिडियोहरु बनाएर सामाजिक सञ्जालमा हालिरहेका छन्। साथै अर्कोतिर आइजीजेएफका मुख्य संयोजक अजय एडवर्डलाई बिमल गुरुङले केही दिनअघि वार्तामा निम्ताउँदा उनी नगए तापनि बिमल गुरुङले मन नदुखाइदिने भन्दै उहाँकै प्रशंसा गरिरहेको देखिरहेका छौं। यसको साथै हाल गोर्खाको मुद्दाबारे चर्चा भइरहेको बेला बिमल गुरुङले जीटीआर जस्तो प्रक्रिया सञ्चालन गर्ने विषयमा बोल्दा पनि सांसद राजु बिष्टले बिमल गुरुङ हाम्रो पहाडका अभिभावक हुन् भन्दै उनकै प्रशंसा गरिरहेको देखिन्छ। बिमल गुरुङ खुल्ला रुपमा सडकमा उत्रिएर आए अझै पनि सबै पार्टीहरुलाई खतरा हुने देखिन्छ। उनका समर्थकहरूको घुइँचो देखिन्छ आजभोलि पनि। यसको प्रमाण ७ अक्टोबरको दिन भएको गोजमुमोको १८औं स्थापना दिवसमा उपस्थित भीडबाट पाइन्छ। त्यस कार्यक्रमले पनि पहाडमा अर्को दिशा मोड्न सक्ने पनि संकेत दिइरहेको छ। यसैको साथै यसपालिको विधानसभा चुनावमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले के भाजपासँग नै गठबन्धन गर्ने हुन् त भन्ने कुरामा प्रश्न उठिरहेको छ।


Share this news
आजको रोजाइ
स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

युवाहरूले गरे क्षतिग्रस्त सडकको मर्मत

युवाहरूले गरे क्षतिग्रस्त सडकको मर्मत