इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख एवं सभासद अजय एडवर्ड्सले जीटीए प्रमुख अनित थापालाई अबिलम्ब जीटीए सभा डाक्ने निवेदन गर्दै आज पत्रचार गरेका छन्। एडवर्ड्सले लेखे अनुसार हालसम्म 3 पल्ट मात्र जीटीएको सभा र 1 पल्ट आपातकालीन सभा डाकिएको कुरा उल्लेख गरेका छन्।
स्मरण रहोस् जीटीएको कानुन अनुरूप सालमा 2 चोटी सभा डाक्न पर्ने हुन्छ तर त्यो कानुन पालन भएको छैन। यही कुरालाई ध्यानमा राखेर नौ सूत्री मुद्दाहरूमाथि चर्चापरिचर्चा तथा समस्याहरूको समाधान गर्न हेतु सभा झट्ट डाक्न पर्ने एडवर्ड्सले पत्रमा माग गरेका छन्।
