ड्रग्स विरूद्ध ग्रामवासी जागैं

Share this news

संकटै संकटको यस समयमा युवा जमातको भविष्य कसरी सुरक्षित बनाउने हो, यस विषयले सबैलाई चिन्तित बनाएको छ।
विशेष गरेर पहाड़ र यससँग संलग्न इलाकाहरू यसको चपेटमा पर्न गएको देखिन्छ। सालबारी, सुकना, देबीडाङ्गा, मिलनमोड़, सालुगड़ा, कालीझोड़ा, ड्रग्सको ओसार पोसारमा अग्रिम पंक्तिमा आउन थालेको धेरै भयो। असंख्य युवा जमातको सुनौलो भविष्य अन्धकार भयो। हालै देवीडाङ्गामा ड्रग्सको विरूद्ध स्थानीय मानिस खड़ा हुँदा रातको अध्यारोमा बाहिरबाट आएर समाज विरोधीहरूले स्थानीय मानिसलाई डर देखाए। यसको विरोधमा देवीडाङ्गा बजार बन्द पालन गरियो। ड्रग्सको व्यापारमा लिप्त ती समाज विरोधीहरू प्रशासनसित नडराएको यस घटनाबाट उदाङ्गो भयो। त्यसो भए अब कसरी युवा जमातलाई बचाउने त ! गम्भीर कुरो र विषय हुन्। अब पनि मौन बसे यसको विरोधमा एक भाएर विरोधमा ओर्लिन नसके स्थिति भयावह हुनेछ। स्थानीय संघ संस्था लगायत नागरिक समाज एक भएर यसलाई रोक्नको लागि पहल गर्न आवश्यक छ। गत केही वर्ष अघि जब गौरव शर्मा सिलगढीका पुलिस कमिशनर ‘भएर आएका थिए तब ड्रग्स माफिया र भू माफिया विरूद्ध कठोर पाइला चाल्न थालेका थिए। गौरव शर्माले ड्रग्सको मूल थलोमा अभियान चलाएर ओसार पोसारमाथि रोक लगाएका थिए। त्यसरी नै भू-माफियाहरूलाई जेलमा थुनेर गैरकानूनी कार्यलाई धेरै हदसम्म रोक लगाउन सफल भएका थिए। तर यसरी शहरबासीको हितार्थ राम्रो काम गर्दा गौरव शर्मालाई सिलगढ़ीबाट सरूवा गरियो। उनी सरूवा हुने बितिक्कै सिलगढ़ी शहरमा गैरकानूनी कार्य पहिलाको गतिमा हुन थाल्यो। यसबाट स्थानीय मानिसहरू वाक्क दिक्क भएका छन्। विशेष गरेर पहाडका युवा जमातलाई ड्रग्सको नशामा भुलाएर राख्न केही वर्षदेखि ठूलै षड्यन्त्र चलिरहेको छ। यसैले यस कार्यमा लिमहरू कसैको डर भर नराखि ओसार-पोसारमा लिप्त छन्। प्रशासनले चाहे एकै दिनमा गैरकानूनी कार्यमाथि लगाम लगाउन सक्छ तर प्रशासनले ड्रग्स माफियाहरूको विरूद्धमा कुनै प्रकारको पाइला चालिएको छैन। यस्तै अवस्था र व्यवस्था रहे पहाड़मा युवा जमातलाई जोगाउन गाह्रो हुने भएको छ। यसप्रकारको चलखेललाई जरैबाट मास्न हरेक अभिभावक मैदानमा ओर्लिनु पर्छ। आ- आफ्नो क्षेत्रमा कुनै नयाँ मानिसलाई दैनिक देखन थाले सबैले सोधखोज गर्ने अनि कुनै प्रकारको सन्देह भए थानामा जानकारी दिने काम गर्नु पर्छ। पहिलो चरणमा यी कार्यले बाहिरबाट आउने मानिसहरू डराउने छन्। अनि कुनै प्रकारको गैरकानूनी काम गर्न अघि दसपल्ट सोच्नु पर्नेछ। आ आफ्नो ठाउँमा स्थानीय मानिस जागे युवा जमातलाई भूल बाटोमा जानुदेखि बचाउन सकिनेछ। अब मौन नबसेर जगाउने काम गरौं सबैको भविष्य सुरिक्षत बन्नेछ।

Share this news
आजको रोजाइ
शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

विधानसभामा खरसाङको मुद्दा उठाउँदै विधायक सोनाम लामाले गरे छुट्टै जिल्ला घोषणाको माग

विधानसभामा खरसाङको मुद्दा उठाउँदै विधायक सोनाम लामाले गरे छुट्टै जिल्ला घोषणाको माग

गाजियाबाद–नयाँ दिल्ली रेलखण्डमा मालगाडीका ६ डिब्बा पटरीबाट उत्रिँदा रेल सेवा प्रभावित

गाजियाबाद–नयाँ दिल्ली रेलखण्डमा मालगाडीका ६ डिब्बा पटरीबाट उत्रिँदा रेल सेवा प्रभावित

आजको रोजाइ