दुष्कर्म र हत्याको दोषीलाई फाँसीको सजाय

Share this news

छिमेकीको घरमा पानी लिन गएकी ११ वर्षीय एक नाबालिकालाई दुष्कर्म गरी हत्या गरिएको घटना प्रकाशमा आएको छ। हत्या मात्र नभएर दुष्कर्म गर्ने व्यक्तिले प्रमाण लुकाउन नाबालिकाको शव बोरामा हालेर नजिकैको नदीमा फ्याँकेका थिए। उक्त घटना सेप्टेम्बर २०२३ मा धुपगढ़ी थाना इलाकामा भएको थियो। घटनाका आरोपी हरिपद राय (४५) नामक व्यक्तिलाई जलपाइगढ़ी न्यायालयले पोक्सो ऐन अन्तर्गत बुधवार फाँसीको सजाय सुनाएको छ। न्यायाधीश रिण्टु सुरले उक्त निर्णय सुनाएका छन् । न्यायालयको निर्देश सुनेर नाबालिकाको परिवारसहित छिमेकीहरूमाझ खुशीको लहर छाएको छ।
प्राप्त जानकारीअनुसार, स्तब्ध पार्ने उक्त घटना २९ सेप्टेम्बर २०२३ मा भएको थियो। त्यस दिन दिउँसो ११ वर्षीय नाबालिका आफ्नो घर अगाडि खेलिरहेकी थिइन्। केही बेरपछि उक्त नाबालिका बेपत्ता भएकी थिइन् । नाबालिकाको घरमा तिनको आफन्त कोही पनि थिएनन् । यस घटनाको जानकारी नाबालिकाको पिता अनि काकालाई दिएपछि तिनीहरू घर आएर सोधखोज गर्दा दिउँसो २ बजीदेखि नाबालिका बेपत्ता भएकी थाह पाए। यसपछि परिवारका सदस्यले आफन्त, छरछिमेकी सबैतिर खोजी गर्दा पनि नाबालिकाको पत्तो नलाग्दा २९
सेप्टेम्बर राति नै धुपगढ़ी थानामा नाबालिका हराएको लिखित सूचना दर्ता गरिएको थियो। बुधवार जलपाइगढ़ी न्यायालयका सरकारी उकील देवाशिष दत्तले भने, पुलिसले नाबालिका बसेको इलाकामा भएका सबै जलाशयमा छानबिन गरेर पनि नाबालिकाको पत्तो लगाउन सकेन। घटना भएको २-३ दिनपछि स्थानीय डुडुवा नदीको किनारमा एउटा बोराबाट दुर्गन्ध आइरहेको खबर पुलिसले पाएको थियो। पुलिस घटनास्थल पुगेर बोरा खोल्दा बोराभित्र नाबालिकाको शव थियो। शव उद्धार हुनसाथ पुलिसले घटनाको दिन नाबालिकासित खेल्ने नानीहरूलाई सोधखोज गन्यो। सोधखोज क्रममा त्यसदिन नाबालिका पानीको बोतल लिएर आरोपी हरिपद रायको घरमा पसेकी ती नानीहरूले बताए। स्थानीय एक महिलाले पनि त्यसदिन नाबालिकालाई आरोपीको घरमा पसेको देखे, तापनि निस्किएको नदेखेको पुलिसलाई बताइन्। यसबाहेक घटनाको दिन साँझ आरोपी
व्यक्तिलाई एउटा साइकलमा बोरा बाँधेर लाँदै गरेको पनि धेरैले देखेको बताए। उक्त जानकारी पाएपछि पुलिसले सीसीटीभी फुटेज हेर्यो र त्यहाँ पनि तिनलाई साइकल पछाडि बोरामा केही सामग्री हालेर लाँदै गरेको देखेपछि हरिपद रायलाई पक्राउ गरेको हो। उकीलले भने, आरोपीलाई हिरासतमा लिएर पुलिसले तिनको घरमा छानबिन गर्दा नाबालिकाको पानीको बोतल र आरोपी हरिपदको साइकल उद्धार गरेको थियो। पोष्टमर्टमको रिपोर्टमा नाबालिकालाई दुष्कर्म गरेर घिन्त्रो निमोठेर हत्या गरेको उल्लेख गरिएको थियो। यस मामिलामा १६ जनाको गवाही लिएपछि न्यायाधीशले आरोपी हरिपद रायलाई फाँसीको सजाय सुनाएको हो भनी सरकारी उकील देवाशिष दत्तले जनाएका छन्। यस दिन न्यायालयमा उपस्थित नाबालिकाको पिताले भने, कानुनमाथि हामीलाई विश्वास थियो। आरोपीलाई यथोचित सजाय सुनाएर हामी खुशी छौं साथै छोरीको आत्माले पनि शान्ति पाउनेछ।

Share this news
आजको रोजाइ
शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

शिक्षामन्त्री सस्मित पोखरेल र अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच भेट, शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

स्वदेशी तयारी पोसाक उद्योगलाई प्रोत्साहन गर्न सरकारको जोड, ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन अघि बढाइने

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

बंगाल भ्रमणको विवादमा तसलिमा नसरिनको तीव्र प्रतिक्रिया

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

E20 पेट्रोल: केन्द्रले उच्च इथानोल मिश्रणलाई अस्वीकार गर्छ

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

जौहर विश्वविद्यालय भत्काउने पहलको ओवैसीद्वारा आलोचना

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

तृणमूल कंग्रेसको तीनवटा ब्यांक खाताहरू फ्रिज: कलकत्ता उच्च अदालतद्वारा खाता सञ्चालन अनुमति अस्वीकार

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

सिलगढीमा ‘आइकन अफ बङ्गाल’ सम्पन्न: विजेताहरूले भने, “युवाका लागि यो उत्कृष्ट मञ्च बन्यो”

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

राशन कार्डमा नाम पुनः बहाली: गोरामुमोद्वारा मुख्यमन्त्री र सांसदलाई धन्यवाद

विधानसभामा खरसाङको मुद्दा उठाउँदै विधायक सोनाम लामाले गरे छुट्टै जिल्ला घोषणाको माग

विधानसभामा खरसाङको मुद्दा उठाउँदै विधायक सोनाम लामाले गरे छुट्टै जिल्ला घोषणाको माग

गाजियाबाद–नयाँ दिल्ली रेलखण्डमा मालगाडीका ६ डिब्बा पटरीबाट उत्रिँदा रेल सेवा प्रभावित

गाजियाबाद–नयाँ दिल्ली रेलखण्डमा मालगाडीका ६ डिब्बा पटरीबाट उत्रिँदा रेल सेवा प्रभावित

आजको रोजाइ