दुष्कर्म र हत्याको दोषीलाई फाँसीको सजाय

Share this news

छिमेकीको घरमा पानी लिन गएकी ११ वर्षीय एक नाबालिकालाई दुष्कर्म गरी हत्या गरिएको घटना प्रकाशमा आएको छ। हत्या मात्र नभएर दुष्कर्म गर्ने व्यक्तिले प्रमाण लुकाउन नाबालिकाको शव बोरामा हालेर नजिकैको नदीमा फ्याँकेका थिए। उक्त घटना सेप्टेम्बर २०२३ मा धुपगढ़ी थाना इलाकामा भएको थियो। घटनाका आरोपी हरिपद राय (४५) नामक व्यक्तिलाई जलपाइगढ़ी न्यायालयले पोक्सो ऐन अन्तर्गत बुधवार फाँसीको सजाय सुनाएको छ। न्यायाधीश रिण्टु सुरले उक्त निर्णय सुनाएका छन् । न्यायालयको निर्देश सुनेर नाबालिकाको परिवारसहित छिमेकीहरूमाझ खुशीको लहर छाएको छ।
प्राप्त जानकारीअनुसार, स्तब्ध पार्ने उक्त घटना २९ सेप्टेम्बर २०२३ मा भएको थियो। त्यस दिन दिउँसो ११ वर्षीय नाबालिका आफ्नो घर अगाडि खेलिरहेकी थिइन्। केही बेरपछि उक्त नाबालिका बेपत्ता भएकी थिइन् । नाबालिकाको घरमा तिनको आफन्त कोही पनि थिएनन् । यस घटनाको जानकारी नाबालिकाको पिता अनि काकालाई दिएपछि तिनीहरू घर आएर सोधखोज गर्दा दिउँसो २ बजीदेखि नाबालिका बेपत्ता भएकी थाह पाए। यसपछि परिवारका सदस्यले आफन्त, छरछिमेकी सबैतिर खोजी गर्दा पनि नाबालिकाको पत्तो नलाग्दा २९
सेप्टेम्बर राति नै धुपगढ़ी थानामा नाबालिका हराएको लिखित सूचना दर्ता गरिएको थियो। बुधवार जलपाइगढ़ी न्यायालयका सरकारी उकील देवाशिष दत्तले भने, पुलिसले नाबालिका बसेको इलाकामा भएका सबै जलाशयमा छानबिन गरेर पनि नाबालिकाको पत्तो लगाउन सकेन। घटना भएको २-३ दिनपछि स्थानीय डुडुवा नदीको किनारमा एउटा बोराबाट दुर्गन्ध आइरहेको खबर पुलिसले पाएको थियो। पुलिस घटनास्थल पुगेर बोरा खोल्दा बोराभित्र नाबालिकाको शव थियो। शव उद्धार हुनसाथ पुलिसले घटनाको दिन नाबालिकासित खेल्ने नानीहरूलाई सोधखोज गन्यो। सोधखोज क्रममा त्यसदिन नाबालिका पानीको बोतल लिएर आरोपी हरिपद रायको घरमा पसेकी ती नानीहरूले बताए। स्थानीय एक महिलाले पनि त्यसदिन नाबालिकालाई आरोपीको घरमा पसेको देखे, तापनि निस्किएको नदेखेको पुलिसलाई बताइन्। यसबाहेक घटनाको दिन साँझ आरोपी
व्यक्तिलाई एउटा साइकलमा बोरा बाँधेर लाँदै गरेको पनि धेरैले देखेको बताए। उक्त जानकारी पाएपछि पुलिसले सीसीटीभी फुटेज हेर्यो र त्यहाँ पनि तिनलाई साइकल पछाडि बोरामा केही सामग्री हालेर लाँदै गरेको देखेपछि हरिपद रायलाई पक्राउ गरेको हो। उकीलले भने, आरोपीलाई हिरासतमा लिएर पुलिसले तिनको घरमा छानबिन गर्दा नाबालिकाको पानीको बोतल र आरोपी हरिपदको साइकल उद्धार गरेको थियो। पोष्टमर्टमको रिपोर्टमा नाबालिकालाई दुष्कर्म गरेर घिन्त्रो निमोठेर हत्या गरेको उल्लेख गरिएको थियो। यस मामिलामा १६ जनाको गवाही लिएपछि न्यायाधीशले आरोपी हरिपद रायलाई फाँसीको सजाय सुनाएको हो भनी सरकारी उकील देवाशिष दत्तले जनाएका छन्। यस दिन न्यायालयमा उपस्थित नाबालिकाको पिताले भने, कानुनमाथि हामीलाई विश्वास थियो। आरोपीलाई यथोचित सजाय सुनाएर हामी खुशी छौं साथै छोरीको आत्माले पनि शान्ति पाउनेछ।


Share this news
आजको रोजाइ
सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी  मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

आजको रोजाइ