तिथिअनुसारको तिहार वितिसके पनि सामाजिक संस्थाहरूले देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्। यसक्रममा रङबुल धोतरिया कला मञ्चद्वारा गरिएको देउसी भैलो कार्यक्रममा मसिना नानीहरूलाई संगीत र खेलकूद लगायत अरू विभिन्न क्षेत्रमा अघि बढाएर लैजाने मूल उद्देश्य राकेको छ। यसक्रममा मञ्चका सभापति निमा गोले (तामाङ्ग)ले यो सोचलाई सदा कायम राख्ने बताएका छन्। उक्त देउसे भैलो कार्यक्रममा किबोर्ड – देबेन सुब्बा, लिड गीटार – रन्जन राई, बास गिटार – प्रजय तामाङ, प्याड बादनद्वय – रोहित बान्तवा राई-अभिषेक सुब्बा थिए भने गायनमा योदन सुब्बा, निमा गोले, अलिसा एन्जल, विदुर राई, नृत्यमा दीपशिखा तामाङ र अरमन सालिया रहेका थिए।

				
															








