सिलगढी–जलपाइगुृढी राष्ट्रिय राजमार्गअन्तर्गत राजगञ्जको बन्धुनगर क्षेत्रमा सोमबार राति कोइला बोकेको एउटा ट्रेलर अनियन्त्रित भई सडक छेउमा पल्टिँदा चालक घाइते भएका छन्। स्रोतका अनुसार दुर्घटना राति करिब ११ः३० बजे भएको हो। गुजरातबाट भूटानतर्फ कोइला बोकेर गइरहेको ट्रेलर बन्धुनगर क्षेत्रमा पुग्नेबित्तिकै अचानक नियन्त्रण गुमाउँदा सडकको छेउमा पल्टिएको बताइएको छ। दुर्घटनामा ट्रेलर चालकलाई सामान्य चोट लागेको छ। घटनाको जानकारी पाएलगत्तै भोरर आलो चौकीका पुलीसहरू राति नै घटनास्थलमा पुगेका थिए। घाइते चालकलाई उद्धार गरी प्राथमिक उपचार प्रदान गरिएको छ। पल्टिएको ट्रेलर हटाउने कार्य सुरु गरिएको छ। दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन पुलीसले अनुसन्धान अघि बढाएको जनाएको छ।











