make your career through sports: Jitu Rai
make your career through sports: Jitu Rai

खेलकूदको माध्यमबाट पनि आफ्नो करियर बनाउन सकिन्छःजितु राई

Share this news

खेलकूदको माध्यमबाट पनि आफ्नो करियर बनाउन सकिन्छ। यसर्थ म नानीहरूलाई जुन खेलमा आफ्नो रुचि छ, त्यसमा निरन्तर अघि बढिरहे अवश्य नै लक्ष्यमा पुग्न सकिनेछ। यी कुरा पद्मश्री पुरस्कार, अर्जुन पुरस्कार अनि खेलरत्न पुरस्कारले सम्मानित भारतका गोर्खा गौरव जितु राईले भनेका हुन्। उनी सिटोङ क्षेत्रका एक स्थापित के० एन० मेमोरियल एकाडेमी शेल्पुको खेलमैदानमा विद्यालयद्वारा आयोजित वार्षिक खेलकूद समारोहका प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए। उनले विद्यायलयको निमन्त्रणाले आज यति सुन्दर रमाइलो सिटोङ आउने मौका मिलेको बताउँदै खुशी जाहेर गरेका थिए। उनको वक्तव्यमा विद्यार्थीहरू निकै प्रोत्साहित भएका थिए।
उक्त अवसरमा भारत पाकिस्तान युद्ध १९६५ र १९७१ लडेर देशको मानसम्मान उच्चा राख्ने वीर सैनिक डी०बी० मुखिया अप्पर घलेटार -सिटोङ-१ भारतीय फुटबलका पूर्व कोच विनोद बान्तवा राई अनि समाजसेवी विक्रम राई, सिटोङ सरकारी सिन्कुना बगान सहनिर्देशक डा० तिथि दत्त विशिष्ट अतिथिको स्थानमा उपस्थित रहेका थिए । विविध खेलकूद समारोहबीच पूर्व सैनिक डी०बी० मुखियालाई के० एन० मेमोरियल एकाडेमीले सम्बर्धना जनाएको थियोे भने प्रमुख अतिथि साथै समाजसेवी विक्रम राई विनोद बान्तवा राईलाई मायाको चिन्ह प्रदान गरि अभिनन्दन जनाइएको थियो।
विद्यार्थीहरुले खुबै उत्साहपूर्वक रुपमा खेलमा सहभागिता जनाएका थिए जसमा उत्कृष्ट मार्चपास्ट क्रिस्टल हाउसले उत्कृष्ट खेलकूदको निम्ति स्काइल्ड हाउसले पुरस्कार जितेको थियो।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ