सीजेपीको आन्दोलन १७औँ दिनमा, वाङ्चुकको आमरण अनशन नवौँ दिनमा

Share this news

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा भएको कथित अनियमितताबारे जवाफदेहिताको माग गर्दै दिल्लीको जन्तरमन्तरमा जारी ककक्रोच जनता पार्टी (सीजेपी) को आन्दोलन १७औँ दिनमा पुगेको छ। यसैबीच, वातावरण अभियन्ता सोनम वाङ्चुकको आमरण अनशन नवौँ दिनमा प्रवेश गरेको छ। सीजेपीका संस्थापक अभिजीत दिप्केले आन्दोलनस्थलमा रहेका महिला स्वयंसेवकहरूको प्रहरीले गोप्य रूपमा भिडियो र फोटो खिचेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले केही अधिकारी महिला स्वयंसेवकहरूको तस्बिर खिच्दै गरेको अवस्थामा फेला परेको र सोधपुछ गर्न खोज्दा उनीहरू त्यहाँबाट हिँडेको दाबी गरेका छन्। यद्यपि, प्रहरीले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।वाङ्चुकको स्वास्थ्य अवस्थाबारे सार्वजनिक गरिएको चिकित्सकीय विवरणअनुसार उनको रक्तचाप १०७/६७ एमएमएचजी र रगतमा ग्लुकोजको मात्रा ७२ एमजी/डीएल मापन गरिएको छ। अनशन सुरु गरेयता उनको तौल करिब ६.९ किलोग्रामले घटिसकेको चिकित्सकहरूले बताएका छन्।यसैबीच, आन्दोलनमा सहभागी अन्य विद्यार्थी संगठनका केही सदस्यहरूले पनि आमरण अनशन जारी राखेका छन्। आन्दोलनकारीहरूले परीक्षा प्रणालीमा सुधार, कथित प्रश्नपत्र चुहावट प्रकरणको निष्पक्ष छानबिन तथा शिक्षामन्त्रीको राजीनामाको माग दोहोर्‍याएका छन्।

Share this news
आजको रोजाइ
राम मन्दिर भेटी विवाद: सीसीटीभी फुटेजमा लुगाभित्र पैसा लुकाएको दृश्य

राम मन्दिर भेटी विवाद: सीसीटीभी फुटेजमा लुगाभित्र पैसा लुकाएको दृश्य

मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान दिइएकोमा आभार

मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान दिइएकोमा आभार

प्रधानमन्त्रीसँग एसियाली विकास बैंकका अध्यक्ष मासातोको भेटवार्ता

प्रधानमन्त्रीसँग एसियाली विकास बैंकका अध्यक्ष मासातोको भेटवार्ता

निर्वाचन आयोगमा टीएमसीको जवाफ, विद्रोही पक्षको दाबी ‘ठगीपूर्ण’

निर्वाचन आयोगमा टीएमसीको जवाफ, विद्रोही पक्षको दाबी ‘ठगीपूर्ण’

सोनादा कलेजमा डा. श्यामा प्रसाद मुखर्जीबारे दुई सप्ताहव्यापी कार्यक्रम

सोनादा कलेजमा डा. श्यामा प्रसाद मुखर्जीबारे दुई सप्ताहव्यापी कार्यक्रम

सीजेपीको आन्दोलन १७औँ दिनमा, वाङ्चुकको आमरण अनशन नवौँ दिनमा

सीजेपीको आन्दोलन १७औँ दिनमा, वाङ्चुकको आमरण अनशन नवौँ दिनमा

इरानलाई ट्रम्पको कडा चेतावनीः‘सम्झौता गर, नत्र काम तमाम गर्छौं’

इरानलाई ट्रम्पको कडा चेतावनीः‘सम्झौता गर, नत्र काम तमाम गर्छौं’

मोबाइल रिचार्ज महँगो हुने ? रिपोर्टअनुसार १२-१५% शुल्क वृद्धि हुने

मोबाइल रिचार्ज महँगो हुने ? रिपोर्टअनुसार १२-१५% शुल्क वृद्धि हुने

बढ्दो ट्राफिक र पार्किङ घटाउन कञ्चनजङ्घा परिसरमा पार्किङ बनाउने

बढ्दो ट्राफिक र पार्किङ घटाउन कञ्चनजङ्घा परिसरमा पार्किङ बनाउने

विधायक छेत्रीले राजमार्गको स्थिति बताउने “NH10 स्थिति एप” गरे सुरु

विधायक छेत्रीले राजमार्गको स्थिति बताउने “NH10 स्थिति एप” गरे सुरु

आजको रोजाइ