विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

Share this news

दार्जीलिङ, 23 दिसम्बर(निसं): रोमन क्याथोलिक दार्जीलिङ-सिक्किम डायसिस प्रमुख तथा दार्जीलिङ पहाडका एक वरिष्ठ इसाई धार्मिक अध्यक्ष विशप स्टेफेन लेप्चा को 73औँ जन्मदिन समारोहमा सहभागिता दर्शाउँदै छिमेकी राज्य सिक्किमका मुख्यमन्त्री पीएस गोले उपस्थित भएका थिए।

छिमेकी राज्य सिक्किमका मुख्यमन्त्रीको उपस्थितिमा आयोजना गरिएको यस जन्मदिन समारोहमा दार्जीलिङ, सिक्किम,कालेबुङ लगायत अन्य विभिन्न स्थानका इसाई धर्मगुरु साथै अनुयायीहरू उपस्थित थिए। दार्जीलिङ शहरबीचको विशप हाउस प्राङ्गणमा भएको यस विशप स्टेफन लेप्चाको 73औ जन्म दिनको भव्य कार्यक्रममा उपस्थित प्रमुख अतिथि मुख्यमन्त्री पीएस गोले अनि अन्यको साथमा विशप स्टेफेन लेप्चाले जन्मदिनको केक काटे अनि उनले सम्पूर्ण उपस्थित अतिथिगण साथै धर्मगुरु अनुयायीहरूलाई आशीर्वाद प्रदान गरे। यस अवसरमा सिक्किम राज्यका मुख्यमन्त्री पीएस गोलेले 73 वर्ष पुगेका विशप लेप्चालाई बधाई अनि शुभकामना दिँदै आगामी दिनहरुमा पनि अझ धार्मिक क्षेत्रबाट जनसेवा साथै शिक्षादान गर्ने अनुरोध गरे।

मुख्यमन्त्री गोलेको उपस्थितिलाई अति नै सौभाग्य ठान्दै 72 वर्ष पुगेका विश्व स्टेफन लेप्चाले प्रमुख अतिथि मुख्यमन्त्री पीएस गोलेलाई उपस्थितिको निम्ति धन्यवाद साथै आगामी दिनहरूमा अझ सफलता अनि प्रगति गर्नको निम्ति आशिर्वाद प्रदान गरे। कार्यक्रममा विभिन्न प्रकारका क्यारल भजनहरू प्रस्तुत गरियो भने उनको यस उपस्थितिलाई स्वागत गर्न विश्व हाउस प्राङ्गणमा दार्जीलिङ पुलिस ब्याण्डको उपस्थिति थियो, दार्जीलिङ पुलिसद्वारा पनि मुख्यमन्त्री पीएस गोलेलाई स्वागत जनाए। फादर माइकल सिंहले मुख्यमन्त्री पीएस गोलेको उपस्थितिलाई हर्ष व्यक्त गर्दै मुख्यमन्त्री गोले साथै उनको टोलीलाई धन्यवाद दिए। उनले पनि विशप लेप्चाको जन्मदिनलाई एउटा ऐतिहासिक क्षन् भएको अनुभव व्यक्त गरे।

बिजनबारी कङ्केबुङ निवासी मृगौला रोगी इसाई सदस्यलाई मुख्यमन्त्री गोलेद्वारा सहयोग पाएर निको भएकोमा उनले मुख्यमन्त्री गोलेलाई यसै मञ्चमा अश्रुपूर्ण धन्यवाद दिए।


Share this news
आजको रोजाइ
गोर्खाल्याण्ड प्राप्तिको संघर्ष गर्ने उर्जा प्राप्त भएको छ: जितेन राई

गोर्खाल्याण्ड प्राप्तिको संघर्ष गर्ने उर्जा प्राप्त भएको छ: जितेन राई

फाटापुकुरको शारदामणि उविमा माता शारदाको १७३औँ जयन्ती

फाटापुकुरको शारदामणि उविमा माता शारदाको १७३औँ जयन्ती

सरिफ ओस्मान हादीको हत्यापछि बंगलादेशमा बढ्दो अशान्ति

सरिफ ओस्मान हादीको हत्यापछि बंगलादेशमा बढ्दो अशान्ति

सिलगढी-दार्जीलिङ ट्याक्सी विवाद चर्कियो, यात्रुहरू पर्ने मर्कामा

सिलगढी-दार्जीलिङ ट्याक्सी विवाद चर्कियो, यात्रुहरू पर्ने मर्कामा

पाँच ‘ज’ र एक ‘जाँगर’ले बनेका किसान

पाँच ‘ज’ र एक ‘जाँगर’ले बनेका किसान

युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

युनाइटेड ट्याक्सी सिण्डिकेट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा आवद्ध

विद्याज्योति अकादमी बिजनबारीको स्थापना दिवस भव्य पालन

विद्याज्योति अकादमी बिजनबारीको स्थापना दिवस भव्य पालन

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

भाजपाको दखलबन्दी र राजनैतिक प्रोपोगेन्डा सहनेछैनौंः रूदेन

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?

कुन हिडन एजेण्डाले 313 शिक्षकहरूको नोकरी खायो ?

विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

विशप स्टेफन लेप्चको 73औं जन्मदिनमा मुख्यमन्त्री गोलेको उपस्थिति 

आजको रोजाइ