
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार


● खेलकुद समाचार

सुपर ओभरमा दिल्लीको जगजगी

पन्जाबको जोस, चेन्नई उस्तै

बुटवल–लुम्बिनीलाई प्लेअफ पुग्न गाह्रो

सुपर ओभरमा दिल्लीको जगजगी
दिल्ली — दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्षस्थानमा उक्लेको छ । सुपर ओभरमा राजस्थानले ५ बल खेलेर दुवै विकेट गुमाई ११ रनमात्र बनाउन सकेको थियो । दिल्लीबाट केएल राहुल र ट्रिस्टन स्टब्सको जोडीले ४ बलमै १३ रन बनाएको थियो । यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको दिल्लीले अरुण जेट्ली रंगशालामा निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ८८ रन बनाएको थियो । जवाफमा आएको राजस्थानलाई अन्तिम ओभरमा विजयका लागि ९ रन आवश्यक थियो । त्यो अन्तिम बलमा २ रन बनाउनुपर्ने अवस्थामा पुगेको थियो । तर ध्रुव जुरेलले १ रनमात्र बनाउन सकेपछि खेल ‘टाइ’ हुँदै पुगेर सुपर ओभरमा पुगेको थियो । दिल्लीको ६ खेलमा यो पाँचौं विजय हो । यता राजस्थानले ७ खेलमा ५ पराजय भोगिसकेको छ । दिल्लीबाट अभिषेक पोरेलले ३७ बल खेल्दै ५ चौका र १ छक्कासहित ४९, राहुलले ३२ बलमा समान २ चौका र छक्कासहित ३८, स्टब्सले १८ बलमा अविजित ३४, कप्तान अक्षर पटेलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३४ रन बनाएका थिए । राजस्थानबाट जोफ्रा आर्चरले २ विकेट लिए । राजस्थानबाट यशस्वी जयसवालले ३७ बल खेल्दै ३ चौका र ४ छक्कासहित ५१, सञ्जु सामसनले १९ बलमा ३१, नितिश रानाले २८ बलमा ६ चौका र २ छक्कासहित ५१ तथा जुरेलले १७ बलमा २६ रन बनाएका थिए ।

पन्जाबको जोस, चेन्नई उस्तै
मोहाली — प्रियांश आर्यले शतक बनाएपछि पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार चेन्नई सुपर किंग्सलाई १८ रनले पराजित गरेको छ । पन्जाबको ४ खेलमा यो तेस्रो जित हो । तर,

बुटवल–लुम्बिनीलाई प्लेअफ पुग्न गाह्रो
काठमाडौँ — प्रतियोगिता सुरु हुनुअगाडि कम्तीमा कागजमा कोही बलियो थियो भने बुटवल–लुम्बिनी एफसीमा पनि थियो । टोलीलाई खेलाडी लिलामीमा पनि भाग्यले साथ दिएको थियो । तर नेपाल सुपर लिग (एनएसएल) को लिग

सुपर ओभरमा दिल्लीको जगजगी
दिल्ली — दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्षस्थानमा उक्लेको छ । सुपर ओभरमा राजस्थानले ५ बल खेलेर दुवै विकेट गुमाई ११ रनमात्र बनाउन सकेको थियो । दिल्लीबाट केएल राहुल र ट्रिस्टन स्टब्सको जोडीले ४ बलमै १३ रन बनाएको थियो । यसअघि टस हारेपछि ब्याटिङको निम्तो

पन्जाबको जोस, चेन्नई उस्तै
मोहाली — प्रियांश आर्यले शतक बनाएपछि पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार चेन्नई सुपर किंग्सलाई १८ रनले पराजित गरेको छ । पन्जाबको ४ खेलमा यो तेस्रो जित हो । तर, चेन्नईले ५ खेलमा चौथो पराजय भोगिसकेको छ । २ सय २० रनको लक्ष्य लिएर आएको चेन्नईले ५ विकेट गुमाई २ सय

बुटवल–लुम्बिनीलाई प्लेअफ पुग्न गाह्रो
काठमाडौँ — प्रतियोगिता सुरु हुनुअगाडि कम्तीमा कागजमा कोही बलियो थियो भने बुटवल–लुम्बिनी एफसीमा पनि थियो । टोलीलाई खेलाडी लिलामीमा पनि भाग्यले साथ दिएको थियो । तर नेपाल सुपर लिग (एनएसएल) को लिग चरणका आधा खेल सकिँदा प्रतियोगिताबाटै बाहिरिने पहिलो टिम हुनेक्रममा छ बुटवल लुम्बिनी । टोलीको ४ खेल सकिएको छ । खातामा छ जम्मा
●खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक

मुम्बई जीती

नारिन लाख्नो के खिलाफ

मुम्बई केकेर के खिलाफ

साई सुदर्शन