
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

ललितपुर सिटीको अपराजित यात्रा

सुपर ओभरमा दिल्लीको जगजगी

पन्जाबको जोस, चेन्नई उस्तै

ललितपुर सिटीको अपराजित यात्रा
काठमाडौँ — ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसनले सुरुमै भनेका थिए, टिमको लक्ष्य लिग चरणमा अपराजित रहनु हो । डिफेन्डिङ च्याम्पियनले आफ्नो वचन बुधबार पूरा गरेको छ । नेपाल सुपर लिग (एनएसएल) को आफ्नो अन्तिम लिग खेलमा झापा एफसीलाई बराबरीमा रोक्दै ललितपुरले प्रतियोगिता इतिहासमै लिग चरणमा अपराजित हुने पहिलो टिम बनेको छ । त्यति मात्र होइन, टोलीको प्रतियोगितामा अपराजित यात्राले पनि कीर्तिमान ९ खेल पुर्याएको छ । यसअघि नै क्वालिफायर–वानका लागि छनोट भइसकेको हुनाले ललितपुरसामु ढुक्क भएर खेल्ने अवसर थियो । यो नतिजापछि ललितपुर अंकतालिकाको शीर्षमा उक्लेको छ । टोलीको १२ अंक भएको छ । टोलीले गर्न नसकेको काम एउटै रह्यो, शीर्षस्थानमा रहने निश्चितता । लिग चरणको अन्तिम खेलमा धनगढी एफसीले बिहीबार एफसी चितवनको सामना गर्दा ललितपुरलाई उछिन्ने अवसर हुनेछ । संयोगले क्वालिफायर–वानमा ललितपुरको प्रतिद्वन्द्वी धनगढी नै हो । पोस्टम्याच कन्फ्रेन्समा ग्रेसनले आफ्नो टिम साँच्चै अपराजित रहनुलाई ठूलै उपलब्धि माने । उनले भने, ‘समग्रमा हाम्रा खेलाडीले राम्रो प्रयास गरे । तीन जित र तीन बराबरीको अपराजित यात्रा राम्रै रह्यो ।’ उनले आफ्नो टिमको ध्यान त्यही क्वालिफायर–वानमा हुने बताए । यसपल्ट मिडियासामु प्रस्तुत हुने खेलाडी सनिश श्रेष्ठ रहे । उनको भनाइ थियो, ‘यो खेल सोचेजस्तै भयो । लिग यात्रा मिश्रित खालको रह्यो, सुरुमा गति लिन गाह्रो भयो । अपराजित रह्यौं, त्यसमा खुसी छौं ।’ फेरि असफल दोस्रो सिजन एनएसएल खेलिरहेको झापा फेरि एकपल्ट असफल रह्यो । प्लेअफ नै पुग्न सकेन । गत सिजन प्लेअफ नजिक पुगेर त्यसलाई आत्मसात गर्न असफल झापा यसपल्ट त लिग चरणको आफ्नो अन्तिम खेल अगाडि नै प्रतियोगिता बाहिरिसकेको थियो । त्यसैले ललितपुरको सामना गर्दा झापा आफैं पनि तनावबाट मुक्त रहेको स्थिति थियो । झापाले एउटै खेल जित्न सकेन, पाँच खेल बराबरी खेलेर ५ अंकमै मात्र सीमित रह्यो । दशरथ रंगशालामा भएको खेलमा ललितपुरले नवीन लामाको गोलबाट ५५ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि लाकेन लिम्बूले झापाका लागि ६५ औं मिनेटमा बराबरी गोल फर्काए । यो खेल आफैंमा ‘अर्गानिक’ रह्यो, किनभन्दा अन्तिम १० मिनेट दुवै टिमका सबै खेलाडी नेपाली रहे, कोही विदेशी रहेनन् । अझ लतिलपुरले दोस्रो हाफमै सबै नेपाली खेलाडी उतारेको थियो । विदेशी खेलाडीको बाहुल्य रहेको यो सिजन यो खेल यही कारणले पनि विशेष रह्यो । कटुवालले मागे माफी झापाका प्रशिक्षक प्रवेश कटुवालले आफ्ना लागि यो प्रतियोगिता ठूलो शिक्षाका रूपमा रहेको बताए । उनले थपे, ‘हामी प्लेअफ पुग्न सकेनौं, त्यसैले निराश छौं । एक प्रकारले हाम्रो यात्रा पीडादायी नै रह्यो । त्यसैले म झापा टिमका सबै समर्थक, प्रशंसक र लगानीकर्तासँग माफी माग्न चाहन्छु । हामीले सबै खेलमा अवसर सिर्जना गर्न नसकेको पनि होइन, तर ती गोलमा परिणत भएन । मेरा लागि यसपल्टको प्रतियोगिता एकदम राम्रो सिकाइ रह्यो ।’ खेलपछि चर्चाको एउटा विषय एरोन थापा रहे । अन्तिम खेलमा उनले सुरुदेखि नै खेल्ने अवसर पाए । तर उनलाई पर्याप्त मौका नदिएकोमा भइरहेको आलोचनाबारे कटुवाल मात्र होइन, व्यवस्थापक विजेन पुडासैनीले पनि आफ्नो मत राखे । ‘हामीले एरोनलाई सक्दो बढी मौका दिएका नै हौं । उनी प्रतिशाली खेलाडी हुन्, त्यसैले उनलाई अनुबन्ध पनि गर्यौं,’ कटुवालले भने । व्यवस्थापक पुडासैनीले भने एरोनबारे जे जस्तो अनावश्यक चर्चा भइरहेको छ, त्यसमा कुनै प्रकारको सत्यता नभएको दाबी गरे ।

सुपर ओभरमा दिल्लीको जगजगी
दिल्ली — दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्षस्थानमा उक्लेको छ । सुपर ओभरमा राजस्थानले ५ बल खेलेर दुवै विकेट गुमाई ११ रनमात्र बनाउन

पन्जाबको जोस, चेन्नई उस्तै
मोहाली — प्रियांश आर्यले शतक बनाएपछि पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार चेन्नई सुपर किंग्सलाई १८ रनले पराजित गरेको छ । पन्जाबको ४ खेलमा यो तेस्रो जित हो । तर,

ललितपुर सिटीको अपराजित यात्रा
काठमाडौँ — ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसनले सुरुमै भनेका थिए, टिमको लक्ष्य लिग चरणमा अपराजित रहनु हो । डिफेन्डिङ च्याम्पियनले आफ्नो वचन बुधबार पूरा गरेको छ । नेपाल सुपर लिग (एनएसएल) को आफ्नो अन्तिम लिग खेलमा झापा एफसीलाई बराबरीमा रोक्दै ललितपुरले प्रतियोगिता इतिहासमै लिग चरणमा अपराजित हुने पहिलो टिम बनेको छ ।

सुपर ओभरमा दिल्लीको जगजगी
दिल्ली — दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्षस्थानमा उक्लेको छ । सुपर ओभरमा राजस्थानले ५ बल खेलेर दुवै विकेट गुमाई ११ रनमात्र बनाउन सकेको थियो । दिल्लीबाट केएल राहुल र ट्रिस्टन स्टब्सको जोडीले ४ बलमै १३ रन बनाएको थियो । यसअघि टस हारेपछि ब्याटिङको निम्तो

पन्जाबको जोस, चेन्नई उस्तै
मोहाली — प्रियांश आर्यले शतक बनाएपछि पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मंगलबार चेन्नई सुपर किंग्सलाई १८ रनले पराजित गरेको छ । पन्जाबको ४ खेलमा यो तेस्रो जित हो । तर, चेन्नईले ५ खेलमा चौथो पराजय भोगिसकेको छ । २ सय २० रनको लक्ष्य लिएर आएको चेन्नईले ५ विकेट गुमाई २ सय
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
