
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

बुटवल–लुम्बिनीलाई प्लेअफ पुग्न गाह्रो

हङकङ सिरिज : कतारमाथि नेपाल आठ विकेटले विजयी

बुटवल–लुम्बिनीलाई प्लेअफ पुग्न गाह्रो
काठमाडौँ — प्रतियोगिता सुरु हुनुअगाडि कम्तीमा कागजमा कोही बलियो थियो भने बुटवल–लुम्बिनी एफसीमा पनि थियो । टोलीलाई खेलाडी लिलामीमा पनि भाग्यले साथ दिएको थियो । तर नेपाल सुपर लिग (एनएसएल) को लिग चरणका आधा खेल सकिँदा प्रतियोगिताबाटै बाहिरिने पहिलो टिम हुनेक्रममा छ बुटवल लुम्बिनी । टोलीको ४ खेल सकिएको छ । खातामा छ जम्मा १ अंक । टिम पुछारमा छ । सुरुमै एक खेल बराबरी खेलेपछि बुटवल–लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ । टोलीले आफ्ना अन्तिम दुई खेल जित्ने हो भने पनि अधिकतम ७ अंक हुनेछ । यो प्लेअफ प्रवेशका लागि पर्याप्त जादुयी अंक होइन । यसको ठीक विपरीत काठमाडौं रेजर्सले भने तेस्रो सिजनको आफ्नो पहिलो जितसँगै प्लेअफ सम्भावना जीवन्त राखेको छ । काठमाडौंको ४ खेलबाट ५ अंक भएको छ । टोली तेस्रो स्थानमा उक्लिन सफल भएको छ । काठमाडौंले अझै ढुक्क हुन सक्दैन, तर राहत भने महसुस गर्न सक्छ । मंगलबार बुटवल–लुम्बिनीविरुद्ध एक प्रकारले काठमाडौं भाग्यमानी पनि साबित भयो । एक अर्को खेल गोलरहित बराबरीतर्फ अग्रसर भएका बेला अमाडोउ डियोपले ८९ औं मिनेटमा निर्णायक गोल गरे । उनले यसका लागि पेनाल्टी एरियाको ठीकबाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो । १–० ले जितेको खेलपछि काठमाडौंका प्रशिक्षक प्याट्रिक डे वाइडले भने, ‘यो खेलमा जितका लागि हामी नै हकदार थियौं ।’ उनको कतिसम्म दाबी रह्यो भने जसले यो खेललाई ‘इन्जोय’ गर्दैन, त्यो फुटबल समर्थक नै होइन । उनले थपे, ‘आज जित्यौं, त्यसैले खुसी छौं । हाम्रो यो पहिलो जित हो । हामी अझै प्लेअफका लागि छनोट भएका छैनौं ।’ हारका बावजुत यो खेलका नायक रहे, बुटवल–लुम्बिनीका गोलरक्षक दीप कार्की । उनी नहुँदो हो त यो खेलमै मात्र किन र, पूरा प्रतियोगितामै बुटवल–लुम्बिनीको के स्थिति हुने थियो, त्यो कल्पना गर्न सकिन्न । खेलपछि मिडियासामु आउनेमा दीप पनि रहे । उनले भने, ‘मलाई प्रतियोगितामा आफूलाई प्रमाणित गर्नु थियो । मलाई लाग्छ, अरू नेपाली गोलरक्षकले पनि आफूलाई प्रमाणित गरेका छन् ।’ खेलाडी अक्सनमा लगभग सबै टिमले स्वदेशी गोलरक्षकलाई बेवास्ता गर्दै विदेशी खेलाडीमै भरपर्ने काम गरेको थियो । पूरा खेललाई लिएर बुटवल–लुम्बिनीका प्रशिक्षक पुष्पलाल शर्माले यसअघिका खेलको तुलनामा आफ्ना खेलाडीले राम्रो खेलेको दाबी गरे | तर, उनलाई के लागेको छ भने आफ्नो टिम १० खेलाडीमा सीमित रहेर खेलेको थियो, त्यसैले यसको असर खेलमा पर्नु नै थियो । खेलको ७२ औं मिनेटमा सुमन श्रेष्ठले सिधै रातो कार्ड खाए । काठमाडौं कर्नर प्रहार गर्ने क्रममा थियो । यही बेला सुमनले विपक्षी खेलाडी अलिजोन अलिजोनोभलाई मुक्का हाने रेफ्री प्रज्ज्वल क्षेत्रीसामु रातो कार्डबाहेक अर्को विकल्प थिएन । समग्रमा प्रशिक्षक शर्मालाई के पनि लागेको छ भने सायद टिमको तयारी पनि पुगेन ।

हङकङ सिरिज : कतारमाथि नेपाल आठ विकेटले विजयी
काठमाडौँ — हङकङमा आजदेखि सुरु भएको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा मात्र

बुटवल–लुम्बिनीलाई प्लेअफ पुग्न गाह्रो
काठमाडौँ — प्रतियोगिता सुरु हुनुअगाडि कम्तीमा कागजमा कोही बलियो थियो भने बुटवल–लुम्बिनी एफसीमा पनि थियो । टोलीलाई खेलाडी लिलामीमा पनि भाग्यले साथ दिएको थियो । तर नेपाल सुपर लिग (एनएसएल) को लिग चरणका आधा खेल सकिँदा प्रतियोगिताबाटै बाहिरिने पहिलो टिम हुनेक्रममा छ बुटवल लुम्बिनी । टोलीको ४ खेल सकिएको छ । खातामा छ जम्मा

हङकङ सिरिज : कतारमाथि नेपाल आठ विकेटले विजयी
काठमाडौँ — हङकङमा आजदेखि सुरु भएको टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बल खेल्दै चार चौका
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
