स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

ट्रेन्डिङ समाचार

स्पेन बेल्जियमलाई २-१ ले जितेर फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुग्यो

स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको अन्त्यतिर वैकल्पिक खेलाडी मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई रोमाञ्चक जित दिलाए। स्पेनले खेलको सुरुआतमै फाबियान रुइजको गोलमार्फत अग्रता बनाएको थियो। तर बेल्जियमका चार्ल्स डे केटेलेरेले केही समयपछि बराबरी गोल फर्काउँदै खेललाई प्रतिस्पर्धात्मक बनाए। त्यसपछि दुवै टोलीले लगातार आक्रमण गरे पनि निर्धारित समय सकिनै

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »
Corruption in land reforms

जमिन सम्बन्धी व्यापक अनियमितता र भ्रष्टचारको आरोप, माकपाको सरकारसित पारदर्शिता माग

ल्यान्ड रिफर्म विभागमा व्यापक अनियमितता र भ्रष्टाचारको आरोप लगाउँदै माकपा नेता तारा सुन्दाससहित पहाडका सचेत नागरिकहरूले आवाज उठाएका छन्। उनीहरूका अनुसार, पहाड तथा तराई क्षेत्रका हजारौं जनता आफ्नो पुर्खौली जमीनबाट वञ्चित भइरहेका छन्, भने जमिनमाथि व्यापक हेराफेरी, नक्कली कागज र पैसाको लेनदेनको आरोप समेत लागिरहेको छ। ल्यान्ड रिफर्म विभागका सचिव एमडी मुस्तफाले बताए अनुसार, सीएस र आरएस सम्बन्धी १ लाख

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

१५८ वर्षपछि अरुणाचल प्रदेशमा दुर्लभ हिमाली फूल पुनः फेला

अरुणाचल प्रदेशको तवाङ जिल्लामा १५८ वर्षपछि दुर्लभ हिमाली फूल साइनान्थस हुकेरी (Cyananthus hookeri) पुनः फेला परेको छ। सन् १८६७ मा सिक्किममा अन्तिम पटक अभिलेख गरिएको यो फूल भारतमा त्यसयता पहिलो पटक पुष्टि भएको हो। यस खोजलाई वनस्पति विज्ञानका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।अनुसन्धानकर्ताहरूले तवाङको मागो गाउँ नजिकै रहेको चुना उपत्यकामा करिब ३,६०० मिटर उचाइमा यो दुर्लभ फूल भेट्टाएका हुन्।

Read More »