Kalimpong Political News
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

Share this news

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो।

यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई दिँदै पार्टीलाई तल्लो तहसम्म सुदृढ बनाउन सामूहिक रूपमा काम गर्न प्रोत्साहित गरे।

समितिका सदस्यहरू यसप्रकार छन्: अध्यक्ष सोभाकर तामाङ, कार्यवाहक अध्यक्ष नम्रा तामाङ, उपाध्यक्षहरू रिङ्गे घिमिरे, विक्रम राई, महासचिव रञ्जु सुनाम,सह–महासचिवहरूशरण योञ्जन, लाडेन शेर्पा,कोषाध्यक्ष, विकास लामा,सह–कोषाध्यक्ष विजय प्रधान,कार्यकारी सदस्यहरू सुरज सार्की, नेभेल राई, नोर्देन लेप्चा,प्रकित राई, साहिल मोहरा जोसेफ बराइली,मिंग्मा शेर्पा,मञ्जु राजपूत, सबित्री सुब्बा,तारा सार्की, श्याम शंकर, रञ्जन सुनाम, सुमित्रा राई, किसान सुब्बा, योवन भुटिया,प्रदीप मोथे, दिनेश त्रिखत्री,नोएल तामाङ, सुरेन दहाल,सल्लाहकारहरू कुमार मंग्राती, बसन्त सिंह, सोनाम भुटिया, डी. दाहाल, एन्ड्र्यु सुनाम,मिडिया टोली अहिल राई अनिजोसेफ बराइली।

नवगठित समितिका सदस्यहरूले न्यानो स्वागतका लागि आभार व्यक्त गर्दै संगठनलाई थप सुदृढ बनाउन तथा क्षेत्रका जनताको हित र आकांक्षाका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

Share this news
आजको रोजाइ
लिंकी परखा जीपीयू, परखामा खेत बचाओ र किसान संतृप्ति अभियान

लिंकी परखा जीपीयू, परखामा खेत बचाओ र किसान संतृप्ति अभियान

सुमित रोयः तृणमूलका राष्ट्रिय महासचिव सांसद अभिषेकका नजीकमा

सुमित रोयः तृणमूलका राष्ट्रिय महासचिव सांसद अभिषेकका नजीकमा

शुभेन्दु अधिकारी सोमबार कोलकाता नगर निगम मुख्यालयको भ्रमण गर्ने

शुभेन्दु अधिकारी सोमबार कोलकाता नगर निगम मुख्यालयको भ्रमण गर्ने

जर्मनीले ७ गोलको जितका साथ विश्वकपको शानदार सुरुवात गर्‍यो

जर्मनीले ७ गोलको जितका साथ विश्वकपको शानदार सुरुवात गर्‍यो

विष्टद्वारा नौ माइलमा घरको उद्घाटन र आठ परिवारलाई घरको चाबी प्रदान

विष्टद्वारा नौ माइलमा घरको उद्घाटन र आठ परिवारलाई घरको चाबी प्रदान

फिफा विश्वकप २०२६: आइभोरी कोस्टद्वारा इक्वेडर १-० ले पराजित

फिफा विश्वकप २०२६: आइभोरी कोस्टद्वारा इक्वेडर १-० ले पराजित

फ्रेडरिक टीइका प्रतिनिधि टोलीसँग गोरामुमो अध्यक्ष मन घिसिङको भेटघाट

फ्रेडरिक टीइका प्रतिनिधि टोलीसँग गोरामुमो अध्यक्ष मन घिसिङको भेटघाट

आरजी कर मुद्दा अनुसन्धानार्थ सीबीआईद्वारा घटनास्थलको निरीक्षण

आरजी कर मुद्दा अनुसन्धानार्थ सीबीआईद्वारा घटनास्थलको निरीक्षण

विश्व रक्तदान दिवसको अवसरमा लोक्रामा असम राइफल्सद्वारा रक्तदान

विश्व रक्तदान दिवसको अवसरमा लोक्रामा असम राइफल्सद्वारा रक्तदान

शिक्षा र खेलकूदमन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षा र खेलकूदमन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

आजको रोजाइ