दार्जीलिङ, 8 जुलाई(निसं): सिलगढीबाट प्रकाशित हुने नेपाली दैनिक पत्रिकाले आफ्नो प्रकाशनको 24 वर्ष पूर्ण गरेको सुखद अवसरमा सम्पूर्ण हिमालय दर्पण परिवारलाई हार्दिक शुभ कामना व्यक्त गर्दछौं भनी भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रीय समिति मूल सचिव सदिप प्रधानले बताएका छन्।

उनले भनेका छन् , भारतीय नेपाली समुदायको हरेक सुख-दुखका खबर क्षेत्रीय, राष्ट्रिय अनि अन्तर्राष्ट्रिय खबरहरू जनमानसमा पस्केर लोकप्रिय बनेका पत्रिकाले अनेकौं परिस्थितिहरू पार गरेर पनि डटेर आफ्नो प्रकाशनलाई 24 वर्षसम्म निरन्तरता दिनु पनि एक ऐतिहासिक क्षण हो। हिमालय दर्पण हिमालय झैं सँधै सौम्य र शान्त बनेर हाम्रो समाजमा विद्यमान रहोस् भन्ने शुभ कामना छ, प्रधाले भने।